default_image

2 years ago

October 30, 2022

रियल म्याड्रिड बराबरीमा रोकियो

222 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको रियल घरेलु मैदानमा जिरोनासँग १–१ गोलको बराबरीमा रोकिन पुगेको हो ।

रियलका लागि भिनिसियस जुनियरले गोल गर्दा जिरोनाका क्रिस्टियन स्टुआनीले बराबरी गोल फर्काए । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले पाहुना टोलीमाथि बल पोसेसन राख्दै लगातार दवाव सिर्जना गरेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

१०औं मिनेटमा रोड्रिगोको प्रहारलाई जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले बचाए । ७०औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । फेडे भाल्भेर्डेको पासलाई अनमार्क रहेका भिनिसियसले बललाई सहजै जाली चुमाए ।

७२औं मिनेटमा मार्काे एसेन्सियोले गोलको सुवर्ण अवसरा चुकाउँदा रियल अग्रता दोब्बर पार्नबाट चुक्यो । ७८औं मिनेटमा क्रिस्टियन स्टुआनीले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्समा मार्काे एसेन्सियोले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायतामा जिरोनालाई पेनाल्टी प्रदान गर्दा स्टुआनी चुकेनन् ।

९०औं मिनेटमा रोड्रिगोले मारियानो डियाजको पासमा गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा रियल जितबाट वञ्चित बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो ।

टोनी क्रुस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरियो । त्यसपछि थप गोल निस्कन नसक्दा रियल बराबरीमा रोकिन बाध्य बन्यो ।

यस बराबरीका बावजुत अपराजित रहेको रियल शीर्षस्थानमा उक्लन सफल भएको छ । रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनामाथि स्पष्ट १ अंकको अग्रता बनाएको छ ।

रियलको १२ खेलबाट खेलबाट ३२ अंक पुगेको छ । समान खेलबाट बार्सिलोनाको ३१ अंक छ । जिरोना १०औं जोडेर १६औं स्थानमा रहेको छ ।

February 12, 2025

पिएसजीको सहज जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]

February 12, 2025

सिटीमाथि रियलको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल‌ भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]

February 11, 2025

झापा महिला फुटबल – अर्जुनधाराको १६ गोल

हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]

Success

Thank you for your time.