default_image

2 years ago

October 31, 2022

एसी मिलानको हार

104 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले हार बेहोरेको छ । मिलान १० खेलाडीमा समेटिएको टोरिनोसँग २–१ ले पराजित भएको हो ।

टोरिनोको जितमा कोफी डिजिडजी र एलेक्सी मिरानचुकले गोल गरे । मिलानका जुनियर मेसिएसले एक गोल फर्काए ।टोरिनोमा आइतबार राति भएको खेलको ३५औं मिनेटमा कोफीको गोलबाट टोरिनोले सुरुवाती अग्रता लिएको थियो । उनले भालेन्टिनो लजारोको पासमा गोल गरेको थिए ।

त्यसको दुई मिनेटपछि एलेक्सी मिरानचुकले गोल गरेपछि मिलान पहिलो हाफमै २–० ले पछि प¥यो । ६७औं मिनेटमा जुनियर मेसिएसले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याउँदै मिलानलाई खेलमा फर्कने संकेत दिए ।

७०औं मिनेटमा टोरिनो १० खेलाडीमा समेटिन पुगेपनि मिलानको त्यसको फाइदा उठाउन सकेन । दुई मिनेटको अन्तरमा इभान जुरिच दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि थप गोल निस्कन नसक्दा मिलानले हार बेहोर्न पुग्यो ।

यस जितसँगै टोरिनो १२ खेलबाट १७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित मिलानले दोस्रो स्थानमा उक्लने मौका गुमाउँदा २६ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.