3 years ago
October 31, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली तथा एपिएफ फुटबल क्लबकी रक्षक गिता राना भारतीय (आई) लिग टोली सेथु एफसीमा आबद्ध हुने भएकी छिन् । केहि दिन अघि क्लब राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी एपिएफकी गोलकिपर एन्जिला तुमबापो सुम्बा सेथुमा आबद्ध भएकी थिइन् ।
‘गिता पनि सन् २०२२/२३ सिजनका लागि सेथुबाट खेल्ने पक्का भएको छ,’ एन्जिलाले भनिन्,’उनको लागि पनि आज पत्र आएको छ । गिता भरपर्दो रक्षक हुन् । सन् २०१६ मा उनले राष्ट्रिय टोलीबाट डेब्यू गरेकी थिइन् ।’ घरेलु राष्ट्रिय महिला लिगको दोस्रो राउन्ड सुरु नभएको खण्डमा डिसेम्बरमा एन्जिलासँगै गिता पनि भारत जानेछिन् ।
सेथुसँग व्यवसायिक रुपमा आबद्ध हुने गिता चौथो नेपाली महिला खेलाडी बन्नेछिन् । यसअघि राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा र मिडफिल्डर अनिता बस्नेतले पनि सोही क्बलबाट खेलिसकेका छन् । चारै खेलाडी एपिएफबाट खेल्नेछन् । सावित्रा पछिल्लो केहि वर्षयता गोकुलम एफसीमा आबद्ध छिन् ।
एन्जिला र गितासहित अनिता केसी र सरु लिम्बुले दुई वर्षअघि पाकिस्तानी क्लबबाट लिग खेलेका थिए । यद्दपी फिफाले पाकिस्तानमाथि प्रतिबन्ध लगाएपछि लिग बीचमै स्थगित भएको थियो । गत महिना एन्जिलाको कप्तानीमा नेपालले घरेलु मैदानमा साफ च्याम्पियनसिप खेल्दा गिता टोलीको महत्वपूर्ण सदस्य थिइन् । भारतलाई हराउँदै फाइनल पुगेको नेपाल बंगलादेशसँग पराजित भएर उपाधिबाट विमुख भएको थियो ।
June 18, 2025
सुशील पन्त क्षेत्री,चितवन भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको दोस्रो संस्करण शुक्रवार सुरु हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २४ सामुदायिक तथा […]
June 18, 2025
एजेन्सी – साविक विजेता लिभरपुलले २०२५–२६ प्रिमियर लिग सिजनको उद्घाटन खेलमा बर्नमाउथको सामना गर्नेछ। म्यानचेस्टर युनाइटेड र आर्सनलले एक अर्काको सामना गर्दै नयाँ सिजनको सुरुवात गर्नेछन् । आर्ने स्लटको नेतृत्वमा पहिलो सिजनमै लिग उपाधि जितेको लिभरपुलले अगस्ट १५(साउन ३० गते) एनफिल्डमा नयाँ सिजनको उद्घाटन खेल खेल्दै आफ्नो उपाधि रक्षा यात्रा सुरु गर्नेछ। २०१६–१७ पछि पहिलोपटक […]
June 18, 2025
एजेन्सी – इटालियन टोली इन्टर मिलानले च्याम्पियन्स लिग फाइनल हारेको पहिलो खेलमै बुधवार विश्वकपको उद्घाटन खेलमा मेक्सिकन क्लब मोन्टेरेसँग १-१ को बराबरीमा खेलेको छ । अनुभवी स्पेनी स्टार सर्जियो रामोसले पहिलो हाफमा एक शानदार हेडरमार्फत मोन्टेरेका लागि गोल गरे ।इन्टरका लागि लउटारो मार्टिनेजले पहिलो हाफको अन्त्यतिर बराबरी गोल फर्काए। ४२औं मिनेटमा कार्लोस अगस्टोको पासमा सहज […]