3 years ago
November 1, 2022
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग २०२२-२३ अन्तर्गत समूह चरणको अन्तिम खेलहरु आज हुँदैछन् । ८ समूह मध्य ५ समूहमा शीर्ष दुई टोलीको टुंगो लागिसकेको छ ।

हालसम्म नकआउट चरण पुग्ने १२ टोली पक्का भइसकेको छ । बाँकी रहेको ४ स्थानका लागि ३ समूहका टोली प्रतिस्पर्धा गर्दैछन् । यस्तै समूहको तेस्रो स्थानमा रहेर युरोपा लिगमा पुग्न पनि टोलीबीच प्रतिस्पर्धा हुनेछ । हालसम्म ३२ मध्य ३ टोली मात्र समूह चरणबाट नै बाहिरिने पक्का भइसकेको छ ।
समूह ए : नेपोली १५, लिभरपुल १२, आयाक्स ३, रेन्जर्स ०
अन्तिम खेल : लिभरपुल विरुद्ध नेपोली, रेन्जर्स विरुद्ध आयाक्स (मंगलबार मध्यरात १:४५ बजे)
लिभरपुलले समूह चरणको अन्तिम खेलमा नेपोलीको सामना गर्दैछ । उक्त खेलमा ४ गोल वा सोभन्दा माथिको जितले लिभरपुल समूहको शीर्ष स्थानमा पुग्नेछ । अन्य नतिजाले भने लिभरपुल दोस्रो हुँदै अघि बढ्ने छ ।
यस्तै युरोपा लिगमा पुग्न रेन्जर्सले आयाक्सलाई ५ वा सोभन्दा बढी गोलले हराउनु पर्नेछ ।

समूह बी : क्लब ब्रुग १०, पोर्टो ९, एटलेटिको म्याड्रिड ५, बायर लेभरकुसन ४
अन्तिम खेल : बायर लेभरकुसन विरुद्ध क्लब ब्रुगा, पोर्टो विरुद्ध एटलेटिको म्याड्रिड (मंगलबार रात ११:३० बजे)
क्लब ब्रुगाले समूहको शीर्ष स्थानमा रहन पोर्टोको नतिजा बराबर गर्नुपर्छ । यदि पोर्टोले ब्रुगभन्दा बढी अंक जोडे शीर्ष स्थानमा पुग्नेछ । एटलेटिकोले युरोपा लिगमा पुग्न कम्तिमा बायरको नतिजा बराबरी गर्नुपर्छ ।
समूह सी : बायर्न म्युनिख १५, इन्टर मिलान १०, बार्सिलोना ४, भिक्टोरिया प्लेजन ०
अन्तिम खेल : बायर्न म्युनिख विरुद्ध इन्टर मिलान, भिक्टोरिया प्लेजन विरुद्ध बार्सिलोना (मंगलबार मध्यरात १:४५ बजे)
यस समूहको सम्पूर्ण स्थान पक्का भइसकेको छ । आजको नतिजाले कुनै टोलीको स्थान परिवर्तन हुँदैन ।

समूह डी : टोटेनहम हट्सपर ८, स्पोर्टिङ लिस्बन ७, आइन्ट्रयाक्ट फ्रान्कफर्ट ७, मार्से ६
अन्तिम खेल : मार्से विरुद्ध टोटेनहम, स्पोर्टिङ लिस्बन विरुद्ध आइनट्रयाक्ट फ्रान्कफर्ट (मंगलबार मध्यरात १:४५ बजे)
यस समूहको चार टोली नै नकआउट चरणमा पुग्ने समिकरणमा जीवित छन् । टोटेनहमले जित हासिल गरे शीर्षस्थानमा रहेर अघि बढ्नेछ । लिस्बन र टोटेनहम दुवै बराबरीले अघि बढ्न सक्छन् ।
समूह ई : चेल्सी १०, एसी मिलान ७, साल्जबर्ग ६, डिनामो जाग्रेब ४
अन्तिम खेल : चेल्सी विरुद्ध डिनामो जाग्रेब, एसी मिलान विरुद्ध साल्जबर्ग (बुधबार मध्यरात १:४५ बजे)
चेल्सी समूहको शीर्ष स्थानमा छ । मिलानले साल्जबर्गविरुद्ध जित वा बराबरी गरे अघि बढ्नेछ । मिलान पराजित भएको अवस्थामा भने साल्जबर्ग अघि बढ्नेछ ।

समूह एफ : रियल म्याड्रिड १०, लाइप्जिग ९, शाख्तर डोनेस्क ६, सेल्टिक २
अन्तिम खेल : रियल म्याड्रिड विरुद्ध सेल्टिक, शाख्तार विरुद्ध लाइप्जिग (बुधबार रातको ११:३० बजे)
लाइप्जिगले शाख्तरविरुद्ध जित वा बराबरी गरेपनि नकआउट चरणमा स्थान बनाउनेछ । शाख्तरले जित हासिल गरे मात्र नकआउट चरणमा स्थान पक्का गर्नेछ ।
समूह जी : म्यानचेस्टर सिटी ११, बोरुसिया डर्टमुन्ड ८, सेभिया ५, एफसी कोपेनहेगन २
अन्तिम खेल : म्यानचेस्टर सिटी विरुद्ध सेभिया, कोपेनहेगन विरुद्ध बोरुसिया डर्टमुन्ड (बुधबार मध्यरात १:४५ बजे)
यस समूहको सबै स्थान निश्चित भइसकेको छ ।

समूह एच : पेरिस सेन्ट जर्मेन ११, बेन्फिका ११, युभेन्टस ३, मक्काबी हाइफा ३
अन्तिम खेल : युभेन्टस विरुद्ध पेरिस सेन्ट जर्मेन, मक्काबी हाइफा (बुधबार मध्यरात १:४५ बजे)
बेन्फिका विरुद्ध पिएसजीमा अन्तिम खेलमा जसले बढी अंक जोड्छ, त्यो टोली समूहको शीर्ष स्थानमा रहनेछ । यद्यपि दुवै टोली नकआउटमा पुगिसकेका छन् । समान अंक जोडेको अवस्थामा गोल अन्तरले फरक पर्नेछ । युभेन्टस र मक्काबी हाइफामा पनि यहि समिकरण लागु हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]