default_image

2 years ago

November 1, 2022

राष्ट्रिय खेलाडीले भरिपूर्ण रोलिङ क्वाटरफाइनलमा प्रवेश

245 views

0 Bookmark

मोरङ (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका खेलाडीले भरिपूर्ण झापाको रोलिङ क्लबले पाँचौ बेलबारी गोल्डकपमा जित हासिल गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।

राष्ट्रिय टोलीको समेत कप्तान रहिसकेका सुजल श्रेष्ठको नेतृत्वमा रहेको रोलिङले ए डिभिजनकै खेलाडीले भरिएको पेमा युथ क्लबलाई १-० ले हराएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा रोलिङका रेजिन सुब्बाले गरेको गोल नै निर्णायक सावित भयो । उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफमा पेमाले पटक पटक पाएको अवसर सदुपयोग गर्न नसक्दा अग्रता लिन चुकेको थियो । राष्ट्रिय टोलीका गोलरक्षक दीप कार्कीले रवी पासवान, सुदील राई र निरकुमार राईको प्रहार विफल पार्दै रोलिङलाई खेलमा कायम राखे । दीप खेलको प्लेयर अफ द म्याच समेत बने ।

रोलिङबाट राष्ट्रिय टोलीका सुजल र दीपसँगै अनन्त तामाङ, देवेन्द्र तामाङ, पुजन उपरकोटी, तेज तामाङ, संजोक राई, निशान खड्का र दीनेश राजवंशी खेलेका थिए । यस्तै उमेर समूहका रेजिन र जीवन गुरुङ पनि टोलीमा थिए । पेमाको कप्तानी अशोक खवासले सम्हालेका थिए भने राष्ट्रिय स्तरका थुप्रै खेलाडी टोलीमा थिए ।

रोलिङले विहीबार आयोजक बेलबारी-११ को सामना गर्नेछ । बुधबार प्रतियोगिता अन्तर्गत भारतको एमएमएफसी र सिरहाको सलहेश युवा क्लबबीच खेल हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.