default_image

2 years ago

November 2, 2022

टोरेस र राफिन्हा चम्कँदा बार्सिलोनाको रोमाञ्चक जित

221 views

0 Bookmark

एजेन्सी – फेरान टोरेस र राफिन्हा चम्कँदा क्याटलान क्लब बार्सिलोनाले यस सिजनको युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा रोमाञ्चक जित निकालेको छ ।

लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको बार्सिलोनाले चेक रिपब्लिक क्लब भिक्टोरिया प्लेजेनलाई उसकै मैदानमा ४–२ को रोचक जित निकाल्दै यस सिजनको च्याम्पियन्स लिगको सुखद अन्त्य गरेको हो । अब यो सिजन बार्सिलोनाले युरोपा लिग खेल्नेछ ।

बार्सिलोनाको जितमा फेरान टोरेसले दुई तथा मार्काेस अलन्सो र पाब्लो टोरेले समान एक गोल गरे । भिक्टोरियाका थोमस चोरेले दुई गोल गरेपनि टोलीको हार टार्न सकेन । ब्राजिली राफिन्हाले दुई असिस्ट प्रदान गरे ।

डोसान एरिना प्लेजेनमा मंगलबार राति भएको खेलको छैटौं मिनेटमा मार्काेस अलन्सोको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । उनले अन्सु फातीको पासमा गोल गर्न सफल भएका थिए । ४४औं मिनेटमा फेरान टोरेसले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

५१औं मिनेटमा थोमस चोरेले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । पाब्लो टोरेले पेनाल्टी बक्समा थोमस चोरेलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा उनी चुकेनन् । ५४औं मिनेटमा राफिन्हाको पासमा टोरेसले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई जिततर्फ अघि बढाए ।

६३औं मिनेटमा थोमस चोरेले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याउँदा भिक्टोरियालाई खेलमा फर्काउने संकेत दिए । तर त्यसपछि पाब्लो टोरेले राफिन्हाको पासमा गोल गर्दै बार्सिलोनालाई ४–२ को सहज जित दिलाए ।

प्रशिक्षक जाभी हर्नान्डेजले अर्थहीन खेलमा मुख्य खेलाडीलाई विश्राम दिदा युवा र दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतारेको थियो । गोलरक्षक इनाकी पेना, अल्भारो सान्ज, मार्क कसाडो र पाब्लो टोरे जस्ता युवा खेलाडीलाई मौका दिएको थियो ।

यस जितसँगै बार्सिलोना समूह ‘सी’ मा ६ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो । पराजित भिक्टोरिया अंकविहीन हुँदै पुछारमा रह्यो । यो समूहबाट बायर्न १८ अंक जोडेर शीर्षस्थानमा तथा इन्टर मिलान १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.