default_image

2 years ago

November 2, 2022

नुनेज चम्कँदा लिभरपुलको जित

92 views

0 Bookmark

एजेन्सी – परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका उरुग्वेली फरवार्ड डार्विन नुनेजले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट प्रदान गरेपछि इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब नेपोलीलाई पराजित गरेको छ ।

लिभरपुलले घरेलु मैदानमा नेपोलीलाई २–० ले पराजित गरेको हो । एक गोल मोहम्मद सलाहले गरे । लिभरपुलको दुवै गोल दोस्रो हाफको अन्त्यतिर भएको थियो ।

एनफिल्डमा मंगलबार राति रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको ५३औं मिनिेटमा नेपोलीले गोल गरेपनि गोलले भिएआरबाट मान्यता नपाउँदा नेपोली अग्रता लिनबाट चुक्यो । लियो ओस्टिगार्डले गोल गरेपनि उक्त गोलमा मुभमा भिएआरले अफसाइड देखाएको थियो ।

८५औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले नुनेजको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा नुनेजले गोल गर्दै लिभरपुललाई सहज जित दिलाए । ७३औं मिनेटमा कर्टिस जोनको स्थानमा मैदान छिरेका नुनेजले क्लोज रेन्जबाट फिनिस गरे ।

यस जितसँगै लिभरपुलले नेपोलीसँग अंक बराबरी गरेपनि गोल अन्तरमा पछि पर्दै लिभरपुल समुह ‘ए’ मा दोस्रो भएको छ । राम्रो गोलको आधारमा पराजित नेपोली समूहमा शीर्षस्थानमा रहँदै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपोली र लिभरपुलले समान ६ खेलबाट १५ अंक जोड्यो ।

यही समूहको अर्काे खेलमा आयाक्सले रेन्जर्सलाई ३–१ ले पराजित गरेको छ । यस जितसँगै आयाक्सले ६ खेलबाट ६ अंक जोड्यो । रेन्जर्सले अंकको खाता खोल्न सकेन ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.