default_image

2 years ago

November 2, 2022

च्याम्पियन्स लिगको समूह चरण आज समाप्त हुँदै

170 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत यस सिजनको समूह चरण आजबाट समाप्त हुँदैछ । आज समूह ई देखि एफसम्मको अन्तिम खेलहरु हुनेछ ।

समूह ई : चेल्सी १०, एसी मिलान ७, साल्जबर्ग ६, डिनामो जाग्रेब ४

अन्तिम खेल : चेल्सी विरुद्ध डिनामो जाग्रेब, एसी मिलान विरुद्ध साल्जबर्ग (बुधबार मध्यरात १:४५ बजे)

चेल्सी समूहको शीर्षस्थानमा रहेर अघि बढ्ने पक्का छ । मिलानले साल्जबर्गविरुद्ध जित वा बराबरी गरे अघि बढ्नेछ । मिलान पराजित भएको अवस्थामा भने साल्जबर्ग अघि बढ्नेछ ।

समूह एफ : रियल म्याड्रिड १०, लाइप्जिग ९, शाख्तर डोनेस्क ६, सेल्टिक २

अन्तिम खेल : रियल म्याड्रिड विरुद्ध सेल्टिक, शाख्तार विरुद्ध लाइप्जिग (बुधबार रातको ११:३० बजे)

रियल म्याड्रिड अघि बढिसकेको छ भने लाइप्जिगले शाख्तरविरुद्ध जित वा बराबरी गरेपनि नकआउट चरणमा स्थान बनाउनेछ । शाख्तरले जित हासिल गरे मात्र नकआउट चरणमा स्थान पक्का गर्नेछ ।

समूह जी : म्यानचेस्टर सिटी ११, बोरुसिया डर्टमुन्ड ८, सेभिया ५, एफसी कोपेनहेगन २

अन्तिम खेल : म्यानचेस्टर सिटी विरुद्ध सेभिया, कोपेनहेगन विरुद्ध बोरुसिया डर्टमुन्ड (बुधबार मध्यरात १:४५ बजे)

यस समूहको सबै स्थान निश्चित भइसकेको छ ।

समूह एच : पेरिस सेन्ट जर्मेन ११, बेन्फिका ११, युभेन्टस ३, मक्काबी हाइफा ३

अन्तिम खेल : युभेन्टस विरुद्ध पेरिस सेन्ट जर्मेन, मक्काबी हाइफा (बुधबार मध्यरात १:४५ बजे)

बेन्फिका विरुद्ध पिएसजीमा अन्तिम खेलमा जसले बढी अंक जोड्छ, त्यो टोली समूहको शीर्ष स्थानमा रहनेछ । यद्यपि दुवै टोली नकआउटमा पुगिसकेका छन् । समान अंक जोडेको अवस्थामा गोल अन्तरले फरक पर्नेछ । युभेन्टस र मक्काबी हाइफामा पनि यहि समिकरण लागु हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.