default_image

2 years ago

November 2, 2022

फोफाना चम्कँदा सलहेश क्वाटरफाइनलमा

119 views

0 Bookmark

मोरङ (हाम्रो खेलकुद) – अफ्रिकी फरवार्ड फोडे फोफानाले दुई गोल गरेपछि सिराहाको सलहेश युवा क्लब पाँचौ बेलबारी गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो प्रिक्वाटरफाइनलमा वेस्ट बङ्गालको एमएमएफसीलाई ३-१ ले पराजित गर्दै सलहेश अन्तिम ८ मा प्रवेश गरेको हो । भारतीय टोलीले पहिलो हाफमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्नुपर्यो । सलहेशबाट ए डिभिजन क्लब जावलाखेल युवा क्लबका अधिकांश खेलाडी थिए ।

सत्यम शर्माले ३० औं मिनेटमा अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा फोफानाले बराबरी गोल गर्दै सलहेशलाई खेलमा फर्काए । ४७ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै अग्रता दिलाए । त्यसपछि ७८ औं मिनेटमा फोफानाले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे ।

विहीबार हुने पहिलो क्वाटरफाइनलमा रोलिङ क्लब झापाले आयोजक डाँगीहाट युथ क्लबको सामना गर्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.