default_image

2 years ago

November 3, 2022

युभेन्ट्सलाई हराएको पिएसजी समूहमा दोस्रो

119 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्सलाई हराएपनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह ‘एच’ बाट उपविजेता बनेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोलीलाई २–१ ले पराजित गरेपनि अर्काे खेलमा पोर्चुगिज क्लब बेन्फिकाले मकावी तेल हाइफामाथि ४–० को फराकिलो जित निकालेपछि पिएसजी गोल अन्तरमा पछि पर्दै समूहमा दोस्रो बनेको हो ।

पिएसजी र बेन्फिकाले समान खेलबाट समान १४ अंक जोड्दा गोल अन्तर, गोल गरेको र खाएको गोलपनि बराबरी भएपछि बढी अवे गोलका कारण बेन्फिका शीर्षमा पुग्यो । बेन्फिकाले ९ अवे गोल गर्दा पिएसजीले ६ अवे गोल गरेको छ ।

बेन्फिका र पिएसजीले समान ६ खेलबाट १४ अंक जोड्यो । युभेन्ट्सले ३ तथा मकावी हाइफाले ३ अंक जोडेर पुछारमा रह्यो ।एलिएन्ज स्टेडियम टुरिनमा बुधबार राति भएको खेलमा पिएसजीको जितमा केलियन एमबाप्पे र नुनो मेन्डेसले गोल गरे । युभेन्ट्सका लियोनार्दाे बोनुचीले एक गोल फर्काए ।

खेलको १३औं मिनेटमा एमबाप्पेले गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले लियोनेल मेस्सीको पासलाई सदुपयोग गरेका थिए । ३९औं मिनेटमा बोनुचीले जुआन कोर्डाडोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६९औं मिनेटमा एमबाप्पेको पासमा नुनो मेन्डेसले गोल गर्दै पिएसजीको जित पक्का गराए ।

t[]5t

अर्काे खेलमा बेन्फिकाले मकावीमाथि ६–१ को सानदार जित निकाल्यो । बेन्फिकाको जितमा गोन्कालो रामोस, पिटर मुसा, एलेक्स ग्रिमाल्डो, राफा सिल्भा, हेनरिक एराउजो र जोओ मारियाले गोल गरे । मकावीका जरुन चेरेले एक गोल फर्काए ।

एक समय ५९औं मिनेटसम्म १–१ गोलको बराबरीको स्थिति रहँदा त्यसपछि बेन्फिकाले ५ गोल थप्दै समूह विजेता बन्न सफल भयो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.