default_image

2 years ago

November 3, 2022

चेल्सीको पूनरागमन जित, मिलान पनि विजयी

70 views

0 Bookmark

एजेन्सी – एक खेल बाँकी छँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब चेल्सी र इटालियन क्लब एसी मिलानले समूह चरणको अन्तिम खेलमा सफलता हात पारेका छन् ।

चेल्सीले घरेलु मैदानमा क्रोएसियन क्लब डिनामो जाग्रिवमाथि २–१ को पूनरागमन जित निकालेको छ । चेल्सीको जितमा रहिम स्टर्लिङ र डेनिस जाकारियाले गोल गर्दा डिनामोका ब्रुनो पेटकोभिकको गोल सान्त्वना बन्यो ।

स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलको सातौं मिनेटमा ब्रुनोको गोलबाट चेल्सी खेलमा पछि पर्यो । १८औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

३०औं मिनेटमा डेनिस जाकारियाले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–१ ले अघि बढाए । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै चेल्सीको जितमा पर्याप्त बन्यो ।

अर्काे खेलमा मिलानले अष्ट्रियन क्लब साल्जवर्गलाई ४–० ले पराजित गरेको छ । मिलानको जितमा ओलिभर जिरुउडले दुई तथा रेड क्रुनिक र जुनियर मेसिएसले समान एक गोल गरे ।

मिलानोमा बुधबार राति भएको खेलको १४औं मिनेटमा जिरुउडको गोलबाट मिलानले अग्रता लिएको थियो । ४६औं मिनेटमा रेडले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

५७औं मिनेटमा जिरुउडले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै मिलानलाई खेलमा ३–० ले अघि बढाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जिरुउडको पासमा जुनियर मेसिएसले गोल गर्दै मिलानलाई फराकिलो जित दिलाए ।

यस नतिजासँगै समूह ‘ईं’ मा चेल्सी १३ अंक जोडेर शीर्षस्थानमा रह्यो । दोस्रो स्थानमा रहेको मिलानले १० अंक जोड्दा साल्जवर्गले ६ तथा डिनामोले ४ अंक जोड्यो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.