2 years ago
November 3, 2022
एजेन्सी – यस सिजनको युइएफए च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ । बुधबार राति समूह चरणको खेल सकिएसँगै प्रि–क्वाटरफाइनल समिकरण पूरा भएको हो ।
यसपटक समान चार इंग्लिस र जर्मन क्लब, तीन सिरी ‘ए’ क्लब, दुई पोर्चुगिज क्लब र समान एक स्पेनिस, फ्रेन्च र बेल्जियन क्लबले नकआउट चरणमा स्थान बनाएका छन् ।
स्पेनिस ला लिगाबाट यसपटक साविक विजेता तथा कीर्तिमानी १४ पटकको च्याम्पियन रियल म्याड्रिडले मात्रै नकआउट चरणमा स्थान बनाउँदा बार्सिलोना, एट्लेटिको मड्रिड र सेभियाले समूह चरण पार गर्न सकेनन् । एट्लेटिको मड्रिड आफ्नो समूहमा पुछारमा रहँदै युरोपा लिगमा पनि छनोट हुन सकेन ।
यस्तै यसपटक चार प्रिमियर लिग क्लबले प्रि–क्वाटरफाइनलमा स्थान बनाउँदा लिभरपुलबाहेक टोटेनहम, चेल्सी र म्यानचेस्टर सिटी समूह विजेता बनेर अघि बढे । प्रि–क्वाटरफाइनलमा कुन–कुन टोली पुगे त हेरौं ।
च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने टोली
समूह ‘ए’ – नेपोली (इटाली) र लिभरपुल (इंग्ल्यान्ड)
समूह ‘बी’ – एफसी पोर्टाे (पोर्चुगल) र क्लब ब्रुग (बेल्जियम
समूह ‘सी’ – बायर्न म्युनिख (जर्मनी) र इन्टर मिलान (इटाली)
समूह ‘डी’ – टोटेनहम (इंग्ल्यान्ड) र फ्रान्कफुर्ट (जर्मनी)
समूह ‘ईं’ – चेल्सी (इंग्ल्यान्ड) र एसी मिलान (इटाली)
समूह ‘एफ’ – रियल म्याड्रिड (स्पेन) र आरबी लाइप्जिग (जर्मनी)
समूह ‘जी’ – म्यानचेस्टर सिटी (इंग्ल्यान्ड) र बोरुसिया डर्टमुन्ड (जर्मनी)
समूह ‘एच’ – बेन्फिका (पोर्चुगल) र पिएसजी (फ्रान्स)
युरोपा लिग खेल्ने टोली :
आयाक्स, लेभरकुसन, बार्सिलोना, स्पोर्टिङ लिस्बन, साल्जबर्ग, शाख्तर डोनेस्क, सेभिया, युभेन्टस
July 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]
July 26, 2024
सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]
July 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]