default_image

2 years ago

November 3, 2022

कतार विश्वकपका लागि जापानको टोली घोषणा

152 views

0 Bookmark

एजेन्सी – एसियाली राष्ट्र जापानले नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप कतार २०२२ का लागि आफ्नो टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा आर्सनलका ताकेहिरो तोमियसु र ब्राइटनका काओरु मितोमाले स्थान बनाउन सफल हुँदा सेल्टिकबाट खेल्ने क्योगो फुरुहासी र रेओ हातातेले भने टोलीमा स्थान बनाउन सकेनन् ।

यस्तै २०१८ को विश्वकप खेलेका गेन्की हारागुची र युया ओसाकाले पनि टोलीमा स्थान बनाउन सकेनन् । प्रशिक्षक मोरियासुले १० खेल भन्दा कम खेलेका नागोया ग्राम्पु, युकी सोमा, दाइजेन माएदा र आएसा उएदासँगै अनुभवी खेलाडीद्वय माया योसिदा र युटो नागामोटोलाई पनि टोलीमा समावेश गरेको छ ।

समूह ‘ईं’ मा रहेको जापानले २३ नोभेम्वरमा जर्मनीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । त्यसपछि जापानले कोस्टारिकासँग नोभेम्बर २७ र स्पेनसँग डिसेम्बर १ मा खेल्नेछ ।

नोभेम्वर १० देखि बन्द प्रशिक्षण सुरु गर्ने जापानले विश्वकप अघि नोभेम्बर १७ मा क्यानडासँग अबुधाबीमा अभ्यास खेल खेल्ने तालिका छ ।

जापानको टोली
गोलरक्षक –
सुइची गोन्डा (सिमिजु एस–पल्स), डानियल स्मिड्ट (सिन्ट–ट्रेइडेन), इजी कावासीमा (स्ट्रासबर्ग)
डिफेन्डर – मिकी यामाने (कावासाकी फ्रन्टाले), हिरोकी साकाई (उरावा रेड्स), माया योसिदा (साल्के), ताकेहिरो तोमियसु (आर्सनल), सोगो तानिगुची (कावासाकी फ्रन्टाले), को इताकुरा (बोरुसिया मोन्चेनग्लाडवाक), हिरोकी इटो (स्टुटगार्ट), युटो नागातोमो (एफसी टोकियो), युटा नाकायामा (हडर्सफिल्ड टाउन)
मिडफिल्डर – वातारु इन्डो (स्टुटगार्ट), हिदेमासा मोरिता (स्पोर्टिङ), एओ तानाका (फर्टुना डुसेलडर्फ), गाकु सिबासाकी (लेगानेस), काओरु मितोमा (ब्राइटन), दाइची कामदा (फ्रान्कफुर्ट), रित्सु डोआन (फ्रेइवर्ग), जुनाया इतो (रेइम्स), ताकुमी मिनामिनो (मोनाको), ताकेफुसा कुबो (रियल सोसिडाड), युकी सोमा (नागोया ग्राम्पस)
फरवार्ड – दाइजेन मायदा (सेल्टिक), ताकुमा एसानो (बोचुक), आएसे उएदा (सर्कल ब्रग)

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.