default_image

2 years ago

November 3, 2022

नेपाल आज भुटानसँग खेल्दै

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा मंगलबारदेखि सुरु भएको साफ यू१५ महिला च्याम्पियनसिपमा आज (बिहीबार) नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भुटानबीचको खेल ढाकाको बीएसएसएसएमके स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४:१५ बजेपछि सुरु हुनेछ । तीन राष्ट्रको मात्रै सहभागिता रहेको च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

नेपाली टोलीको नेतृत्व दीपा रोकायले गर्नेछिन् । नेपालले च्याम्पियनसिपमा पहिलो खेल खेल्दा भुटानले दोस्रो खेल खेल्नेछ । भुटानले पहिलो खेलमा बंगलादेशसँग ८–० को भारी अन्तरको हार भोगिसकेको छ ।

भुटान पनि नेपाललाई रोक्ने लक्ष्यमा मैदान उत्रनेछ । च्याम्पियनसिपमा तीन डबल राउण्ड रोविन लिगका आधारमा खेल्नेछन् । नेपालले ५ नोभेम्वरमा बंगलादेश, ९ नोभेम्वरमा पुनः भुटान र त्यसपछि ११ नोभेम्वरमा पुनः बंगलादेशसँग खेल्नेछ । लिग चरणको समाप्तिमा धेरै अंक जोड्ने टोली च्याम्पियन बन्ने छ ।

टोलीको प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन, गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी, फिजियोमा सरिता बजगाईं र व्यवस्थापकमा पूर्ण माया सुब्बा लिम्बू छिन् ।

नेपाली टोली :

गोलरक्षक : राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल

डिफेन्डर : सिता रोकाया, अमिता भुल, दीपा मगर, अन्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही

मिडफिल्डर : सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन

फरवार्ड : दीपा रोकाया, समिक्षा मगर, वर्षा ओली, सेनु परियार

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.