default_image

2 years ago

November 3, 2022

भुटानमाथि नेपालको सानदार जित

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेशमा जारी साफ यू१५ महिला च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । नेपालले भुटानमाथि ७–० को फराकिलो जित निकाल्दै विजयी सुरुआत गरेको हो ।

तस्विर सौजन्य – एनएसजेएफ

बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा बिहीबार भएको खेलमा नेपालको फराकिलो जितमा वर्षा ओलीले ह्याट्रिकसहित चार गोल गर्दा सुक्रिया मियाले दुई तथा सेनु परियारले एक गोल गरिन् ।

खेलको पहिलो मिनेटमा नै वर्षा ओलीले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाइन् । वर्षाले १७औं मिनेटमा दोस्रो गोल गरिन् । ३४औं मिनेटमा ह्याट्रिक पूरा गरेकी वर्षाको त्यसको एक मिनेटपछि नै व्यक्तिगत र टोलीको लागि चौथो गोल गरेपछि नेपाल पहिलो हाफमा ४–० को आरामदायी स्थितिमा अघि बढ्यो ।

त्यसपछिको २ गोल सुक्रिया मियाको नाममा रह्यो । सुक्रियाले ६५औं मिनेटमा गोल गरेपछि नेपाल ५–० ले अघि बढ्यो । ६७औं मिनेटमा भुटान १० खेलाडीमा समेटिन पुग्यो । भुटानकी गोलरक्षक दीक्षा राई रातो कार्ड खाँदै मैदानबाट बाहिरिइन् ।

तस्विर सौजन्य – एनएसजेएफ

७२औं मिनेटमा सुक्रियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गर्दै नेपाललाई ६–० ले अघि बढाइन् । ८५औं मिनेटमा परिवर्तित खेलाडी सेनु परियारले गोल गर्दै नेपाललाई ७–० को फराकिलो जित दिलाइन् ।

उनी ८३औं मिनेटमा वर्षा ओलीको स्थानमा मैदान छिरेकी थिइन् । उनले मैदान प्रवेश गरेको दुई मिनेटभित्रै गोल गर्न सफल भएकी हुन् ।

भुटानको यो लगातार दोस्रो हार हो । यसअघि भुटान पहिलो खेलमा बंगलादेशसँग ८–० ले पराजित भएको थियो । अब नेपालले ५ नोभेम्वरमा बंगलादेशसँग खेल्नेछ । त्यसपछि ९ नोभेम्वरमा भुटान तथा ११ नोभेम्वरमा बंगलादेशसँग खेल्ने तालिका छ ।

च्याम्पियनसिपमा तीन राष्ट्रले डबल राउण्ड रोविन लिगका आधारमा खेल्नेछन् । धेरै अंक बटुल्ने टोली च्याम्पियनसिपको च्याम्पियन बन्नेछ ।

तस्विर सौजन्य – एनएसजेएफ

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.