default_image

2 years ago

November 3, 2022

आइलिगमा चौथो सिजन खेल्न किरण तयार

187 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले अर्को सातादेखि सुरु हुने भारतीय आइ लिगको २०२२-२३ सिजनका लागि आफ्नो टोली राउन्डग्लास पन्जाब फुटबल क्लब तयार रहेको बताएका छन् ।

नयाँ सिजनका लागि पन्जाबमा अनुबन्धित किरणले विहीबार पत्रकार सम्मेलनमा यसपटक टोलीको तयारी विगतभन्दा बलियो रहेको बताएका हुन् । ‘भारतमा मेरो यो चौथो सिजन हो । राउन्डग्लास पन्जाबबाट दोस्रो पटक खेल्दैछु । पछिल्लो सिजन नतिजा राम्रो भएपनि हामीले लिग जित्न सकेका थिएनौं । यसपटक हाम्रो तयारी निकै राम्रो रहेको छ । यसैलाई लिग अवधिभर बढाउन चाहन्छौं,’ उनले भने ।

‘पछिल्लो दुई सिजन कोरोनाका कारण लिग बायो-बबलमा आयोजना भएको थियो । यसपटक होम र अवे पद्दतिमा खेल हुँदैछ । समर्थकको उपस्थितिले हामीलाई थप हौसला मिल्नेछ,’ उनले भने । किरणले आइलिगमा उत्कृष्ट गोलरक्षकको उपाधि समेत हात पारिसकेका छन् । उनले मिनेर्भा पन्जाबबाट सन् २०१७-१८ सिजनमा लिग उपाधि पनि जितेका थिए ।

टोलीका गरिक प्रशिक्षक स्टाइकोस भेर्गेतिसले राम्रो तयारी रहेको बताए । ‘हाम्रो तयारी राम्रो भएको छ । फरक फरक रणनीतिमा तयारी गर्न पाएका छौं । युवा र अनुभवी खेलाडीको सन्तुलनले टोली बलियो बनेको छ,’ उनले भने ।

‘हामी युवा वर्गलाई उत्साह जगाउने फुटबल खेल्न चाहन्छौं । हामी पूरा समय मैदानमा डटेर खेल्नेछौं । समर्थकलाई उपस्थितिको लागि आग्रह गर्न चाहन्छु,’ ग्रिक प्रशिक्षकले थपे ।

क्लबले सम्मेलनमा नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । क्लबले नयाँ सिजनको लागि आफ्नो टोली पनि घोषणा गर्यो । विदेशी खेलाडीमा किरणसँगै सर्बियाका एलेक्जेन्डर इग्नाज्तोभिच, बोस्नियाका अदनान सेसेरोभिच, स्लोभेनियाका लुका माज्सेन र स्पेनका जुआन मेरा रहेका छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.