default_image

2 years ago

November 4, 2022

म्यानचेस्टर युनाइटेड युरोपा लिगको समूहमा दोस्रो

159 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग अन्तर्गत समूह ई को अन्तिम खेलमा रियल सोसीडाडलाई पराजित गरेपनि समूह उपविजेता बनेको छ ।

विहीबार सोसीडाडको मैदानमा युनाइटेडले १-० को जित हासिल गरेको थियो । खेलको १७ औं मिनेटमा आलेहान्द्रो ग्रानाचोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले क्रिस्टियानो रोनाल्डोको पासमा सुन्दर गोल गरेका थिए । तर खेलमा थप गोल हुन नसक्दा युनाइटेड उपविजेतामा सिमित भयो ।

युनाइटेडलाई समूह विजेता बन्न २ गोल अन्तरको जित आवश्यक थियो । तर पहिलो हाफमा रोनाल्डोले अग्रता दोब्बर पार्ने अवसर गुमाए । त्यसपछि डेविड डे हेयाले दुई पटक राम्रो बचाउ गर्दा युनाइटेडलाई अघि राखे । दोस्रो हाफमा दुवै टोलीबाट राम्रो अवसर सिर्जना हुन सकेन ।

यस नतिजाले रियल सोसीडाड युनाइटेडसँग समान १५ अंक भएपनि गोल अन्तरका आधारमा शीर्षस्थानमा रह्यो । अब सोसीडाडले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएको छ । युनाइटेडले भने प्लेअफमा प्रतिस्पर्धा गर्नेछ । युनाइटेडले च्याम्पियन्स लिगबाट घटुवा भएका टोलीविरुद्ध खेल्नुपर्ने हुन्छ ।

यसै समूहको अर्को खेलमा एफसी शेरिफले ओमोनिया निकोसियालाई १-० ले पराजित गर्यो । शेरिफले ६ अंक जोड्दा ओमोनिया अंकविहिन रह्यो । शेरिफले अब युरोपा कन्फरेन्स लिगको प्लेअफ खेल्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.