3 years ago
November 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू१५ महिला च्याम्पियनसिपमा आज (शनिबार) नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल ढाकाको बीएसएसएसएमके स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ः१५ बजेपछि सुरु हुनेछ । तीन राष्ट्रको मात्रै सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल र बंगलादेश दुवै दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
दुवै बंगलादेशले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी भुटानमाथि ८–० को फराकिलो जित निकाल्दा नेपालले पनि ७–० को जित निकाल्न सफल भएको थियो । यस्तोमा दुवै टोली दोस्रो जित निकाल्दै उपाधि यात्रालाई थप मजवुत बनाउन चहान्छ ।
भुटानमाथि ७–० को जित निकाल्दा नेपाली वर्षा ओलीले ह्याट्रिक सहित चार गोल गर्दा सुक्रिया मियाले दुई गोल गरेकी थिइन् । उनीहरु नै बंगलादेशविरुद्ध हतियार हुनेछिन् ।
लिग चरणमा नेपाल र बंगलादेशले समान एक खेल खेल्दा बंगलादेश र नेपालले समान ३ अंक जोडेको छ । गोल अन्तरमा बंगलादेश शीर्षस्थानमा छ । भुटानले दुई खेल खेल्दा जित निकाल्न सकेको छैन ।
बंगलादेशसँगको खेलपछि नेपालले ९ नोभेम्वरमा भुटान र त्यसपछि ११ नोभेम्वरमा बंगलादेशसँग खेल्नेछ । लिग चरणको समाप्तिपछि धेरै अंक जोड्ने टोली च्याम्पियन बन्ने छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]