default_image

2 years ago

November 5, 2022

वल्भ्सको प्रशिक्षकमा लोपेटेगुइ नियुक्त

154 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको क्लब वल्भरह्याम्पटन वान्डरर्सले स्पेनिस प्रशिक्षक जुलेन लोपेटेगुइलाई आफ्नो नयाँ प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ ।

स्पेनका ५६ वर्षीय प्रशिक्षक लामो समयको छलफलपछि टोलीको जिम्मेवारी सम्हाल्न राजी भएका हुन् । वल्भ्सले गत महिना नै पोर्चुगलका ब्रुनो लाजलाई बर्खास्त गरेको थियो । वल्भ्सको पहिलो प्रयासमा लोपेटेगुइले पारिवारिक कारण देखाउँदै आफू उपलब्ध हुन नसक्ने बताएका थिए । उनले आफ्नो पिताको नजिकै बस्न चाहेको बताएका थिए ।

लाजको बर्खास्तीपछि स्टिभ डेभिस क्लबको कार्यवाहक प्रशिक्षक रहेका थिए । डेभिसले अब लोपेटेगुइको आगमन नहुन्जेलसम्म क्लब हेर्नेछन् । लोपेटेगुइ विश्वकप सुरु भएपछि क्लबमा आउनेछन् । उनले डिसेम्बर २६ मा एभर्टनविरुद्ध पहिलो अधिकारिक खेल हेर्नेछन् ।

लोपेटेगुइ यसअघि सेभियाका प्रशिक्षक थिए । सेभियामा ३ वर्ष बिताएका उनले सन् २०२० मा युरोपा लिग उपाधि जितेका थिए । अक्टोबरमा सेभियाले बर्खास्त गरेपछि उनी क्लबविहिन रहेका थिए ।

लोपेटेगुइ यसअघि स्पेनको राष्ट्रिय टोलीको प्रशिक्षक रहेका थिए । सन् २०१८ मा विश्वकप सुरु हुनुअघि नै रियल म्याड्रिडको प्रस्ताव स्वीकारेपछि उनले विश्वकपमा प्रशिक्षक पद छोड्नुपरेको थियो । उनलाई सन् २०१६ मा पनि वल्भ्सले प्रशिक्षक पदमा अनुबन्ध गर्न प्रयास चालेको थियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.