default_image

2 years ago

November 5, 2022

म्यानचेस्टर सिटीको रोमान्चक जित

196 views

0 Bookmark

एजेन्सी – खेलको अधिकांश समय १० खेलाडीमा सिमित हुनका बाबजुद म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा फुलहमलाई पराजित गरेको छ । घरेलु मैदानमा सिटीले २-१ को जित दर्ता गरेको हो ।

खेलमा सुरुवाती समयमै अग्रता लिएपनि पहिलो हाफको २६ औं मिनेटमा जोआओ क्यान्सेलोले रातो कार्ड पाएपछि सिटी दबाबमा परेको थियो । उक्त फलकै कारण फुलहमले खेल बराबरी गरेको थियो । सिटीले १० खेलाडीमा सिमित हुनका बाबजुद दबाब बनाएपनि गोल गर्न कठिन भएको थियो । इन्ज्युरी समयमा सिटीले पेनाल्टीमा गोल गर्दै जित पक्का गरेको थियो ।

सिटीले खेलको १७ औं मिनेटमा जुलियन अल्भारेजको गोलमा अग्रता लिएको थियो । इल्काए गुन्डोगनको थ्रु पासलाई अल्भारेजले शक्तिशाली प्रहारमार्फत गोल गरे । त्यसको ९ मिनेटपछि सिटी १० खेलाडीमा सिमित भयो । क्यान्सेलोले पेनाल्टी क्षेत्रभित्र ह्यारी विल्सनमाथि फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिए ।

फुलहमका लागि आन्द्रिएस परेराले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि सिटीले लगातार आक्रमण बुनेपनि फुलहमको डिफेन्स चिर्न सकेन । चोटबाट पुनरागमन गरेका फरवार्ड एर्लिङ हालान्डले ७४ औं मिनेटमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिँदा सिटी अघि बढ्न पाएन ।

इन्ज्युरी समयमा अन्तत: सिटीले खेल जित्ने सुवर्ण अवसर पायो । एन्टोनी रबिन्सनले केभिन डे ब्रुएनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । उक्त पेनाल्टीलाई हालान्डले गोलमा परिणत गर्दै जित पक्का गरे ।

यस जितसँगै सिटी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सिटीले १३ खेलमा ३२ अंक जोडेको छ । आर्सनलको १२ खेलमा ३१ अंक छ । आर्सनलले आइतबार साँझ चेल्सीको सामना गर्दैछ ।

February 16, 2025

उपाधिमा सबैको दाबेदारी

काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्।‌ नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा […]

February 16, 2025

साम्बाले कीर्गिस्तान विरुद्ध नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्। नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्। प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने […]

February 16, 2025

आर्सनलले लेस्टरलाई हरायो

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ । आर्सनलले शनिवार लेस्टरलाई २-० ले पराजित गरेको हो । लेस्टरको घरेलु मैदानमा आर्सनलको जितमा दुवै गोल मिकेल मोरिनोले गरे । मोरिनले खेलको अन्तिम समय तिर गोल गरे । उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरे । आर्सनल २५ खेलबाट ५३ अंकका साथ […]

Success

Thank you for your time.