default_image

3 years ago

November 6, 2022

पिकेको अन्तिम खेलमा बार्सिलोनाको जित

356 views

0 Bookmark

एजेन्सी – भेट्रान डिफेन्डर जेरार्ड पिकेको अन्तिम खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित निकालेको छ ।

बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई २–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र फ्रान्की डि जोङले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

नोउ क्याम्पमा शनिबार राति भएको खेलको सातौं मिनेटमा रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता लिनबाट चुक्यो । फेरान टोरेसको हेडर काइकीले हातले छोएको भन्दै रेफ्रीले भिएआरको सहायता लिदै बार्सिलोनालाई पेनाल्टी प्रदान गर्दा लेवान्डोस्कीको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

त्यसपछि बार्सिलोनाले गोलको लागि दोस्रो हाफ नै कुर्नुप¥यो । ४८औं मिनेटमा डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले सर्जियो बुस्क्वेट्सको पासलाई सदुपयोग गरेका थिए ।

६२औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । अन्सु फातीको हाफ भली प्रहार गोलरक्षकले बचाउन नसक्दा रिवाउन्डमा डि जोङले गोल गर्न सफल भएका थिए । त्यसपछि पनि अल्मेरियालाई लगातार दवावमा राखेपनि थप गोल निस्कन सकेन ।

यही खेलबाट डिफेन्डर पिकेले व्यवसायिक खेल करिअरबाट सन्यास लिएका छन् । अल्मेरियाविरुद्ध पिकेलाई नै कप्तानीको जिम्मेवारी प्रदान गरिएको थियो । उनलाई आन्द्रे क्रिस्टेन्सेनले प्रतिस्थापन गरे । उनलाई नोउ क्याम्पमा हजारौं समर्थकमाझ क्लबले सुखद् बिदाई गरेका छन् । उनले यसै साता अल्मेरियाविरुद्धको खेल आफ्नो व्यवसायिक करिअरको अन्तिम खेल हुने बताएका थिए ।

सन् २००९ देखि २०१८ सम्ममा पिकेले स्पेनका लागि १०२ क्याप जित्दा ५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । बार्सिलोनाको एकेडेमीकै हुर्किएका पिकेले २००४ देखि २००८ सम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा खेलेका थिए ।

उनले बार्सिलोनामा ८ ला लिगा, ७ कोपा डेल रे, ६ सुपर कोपा, ३ च्याम्पियन्स लिग, ३ युइएफए सुपर कप र ३ फिफा क्लब विश्वकप जितेका छन् । यस्तै युनाइटेडबाट समान एक प्रिमियर लिग, कम्युनिटी शिल्ड र च्याम्पियन्स लिग जितेका छन् । स्पेनबाट समान एकपटक फिफा विश्वकप र युरो कप जितेका छन् ।

यस जितसँगै बार्सिलोना १३ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाले एक खेल कम खेलेको रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ । १२ खेलबाट रियलको ३२ अंक छ । पराजित अल्मेरिया १३ अंक जोडेर १५औं स्थानमा छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.