default_image

2 years ago

November 6, 2022

पिकेको अन्तिम खेलमा बार्सिलोनाको जित

199 views

0 Bookmark

एजेन्सी – भेट्रान डिफेन्डर जेरार्ड पिकेको अन्तिम खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित निकालेको छ ।

बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई २–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र फ्रान्की डि जोङले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

नोउ क्याम्पमा शनिबार राति भएको खेलको सातौं मिनेटमा रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता लिनबाट चुक्यो । फेरान टोरेसको हेडर काइकीले हातले छोएको भन्दै रेफ्रीले भिएआरको सहायता लिदै बार्सिलोनालाई पेनाल्टी प्रदान गर्दा लेवान्डोस्कीको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

त्यसपछि बार्सिलोनाले गोलको लागि दोस्रो हाफ नै कुर्नुप¥यो । ४८औं मिनेटमा डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले सर्जियो बुस्क्वेट्सको पासलाई सदुपयोग गरेका थिए ।

६२औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । अन्सु फातीको हाफ भली प्रहार गोलरक्षकले बचाउन नसक्दा रिवाउन्डमा डि जोङले गोल गर्न सफल भएका थिए । त्यसपछि पनि अल्मेरियालाई लगातार दवावमा राखेपनि थप गोल निस्कन सकेन ।

यही खेलबाट डिफेन्डर पिकेले व्यवसायिक खेल करिअरबाट सन्यास लिएका छन् । अल्मेरियाविरुद्ध पिकेलाई नै कप्तानीको जिम्मेवारी प्रदान गरिएको थियो । उनलाई आन्द्रे क्रिस्टेन्सेनले प्रतिस्थापन गरे । उनलाई नोउ क्याम्पमा हजारौं समर्थकमाझ क्लबले सुखद् बिदाई गरेका छन् । उनले यसै साता अल्मेरियाविरुद्धको खेल आफ्नो व्यवसायिक करिअरको अन्तिम खेल हुने बताएका थिए ।

सन् २००९ देखि २०१८ सम्ममा पिकेले स्पेनका लागि १०२ क्याप जित्दा ५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । बार्सिलोनाको एकेडेमीकै हुर्किएका पिकेले २००४ देखि २००८ सम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा खेलेका थिए ।

उनले बार्सिलोनामा ८ ला लिगा, ७ कोपा डेल रे, ६ सुपर कोपा, ३ च्याम्पियन्स लिग, ३ युइएफए सुपर कप र ३ फिफा क्लब विश्वकप जितेका छन् । यस्तै युनाइटेडबाट समान एक प्रिमियर लिग, कम्युनिटी शिल्ड र च्याम्पियन्स लिग जितेका छन् । स्पेनबाट समान एकपटक फिफा विश्वकप र युरो कप जितेका छन् ।

यस जितसँगै बार्सिलोना १३ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाले एक खेल कम खेलेको रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ । १२ खेलबाट रियलको ३२ अंक छ । पराजित अल्मेरिया १३ अंक जोडेर १५औं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.