default_image

1 year ago

November 6, 2022

एमेरीले डेब्यु खेलमा म्यानचेस्टर युनाइटेडलाई हराए

एजेन्सी – एस्टन भिल्लाका नवनियुक्त प्रशिक्षक उनाइ एमेरीले जिम्मेवारी लिएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडलाई हराएका छन् । घरेलु मैदान भिल्ला पार्कमा एस्टन भिल्लाले ३-१ को जित दर्ता गरेको हो । सन् १९९५ यता घरेलु मैदानमा पहिलो पटक म्यानचेस्टर युनाइटेडलाई हराउने क्रममा टोलीले पहिलो ११ मिनेटमै २-० को अग्रता बनाएको थियो । खेलको सातौं मिनेटमा नै […]

86 views

0 Bookmark

एजेन्सी – एस्टन भिल्लाका नवनियुक्त प्रशिक्षक उनाइ एमेरीले जिम्मेवारी लिएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडलाई हराएका छन् । घरेलु मैदान भिल्ला पार्कमा एस्टन भिल्लाले ३-१ को जित दर्ता गरेको हो ।

सन् १९९५ यता घरेलु मैदानमा पहिलो पटक म्यानचेस्टर युनाइटेडलाई हराउने क्रममा टोलीले पहिलो ११ मिनेटमै २-० को अग्रता बनाएको थियो । खेलको सातौं मिनेटमा नै लिओन बेलीले अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक डेविड डे हेयाले बचाउन सकेनन् ।

११ औं मिनेटमा लुकास डीग्नेले गोल गर्दै अग्रता दोब्बर पारे । २५ यार्ड टाढाबाट लुकासले प्रहार गरेको फ्रिकिक सिधै गोल भएको थियो । पहिलो हाफको अन्त्यतिर लुक शाले गोल गर्दै खेलमा फर्कने संकेत दिए । उनको पेनाल्टी क्षेत्र बाहिरको प्रहार जेकाब राम्जीलाई लाग्दै गोल भएको थियो । त्यसअघि भिल्लाका गोलरक्षक एमि मार्टिनेजले केहि सुन्दर बचाउ गरे ।

दोस्रो हाफको सुरुवाती समयमा नै भिल्लाले २ गोलको अग्रता कायम गर्यो । ओली वाटकिन्सको पासमा राम्जीले गोल गर्दै घरेलु टोलीलाई बलियो स्थितिमा पुर्याए । खेलको अन्त्यतिर युनाइटेडको कप्तानी गरिरहेका क्रिस्टियानो रोनाल्डो र डिफेन्डर टाइरन मिन्ज्सबीच हात हालाहालको स्थिति बनेको थियो । तर रेफ्रीले दुवैलाई चेतावनी दिँदै पहेलो कार्ड देखाए ।

स्टिभन जेरार्डलाई बर्खास्त गरेपछि भिल्लाले एमेरीलाई प्रशिक्षकमा नियुक्त गरेको हो । यस जितसँगै टोलीले रेलिगेसन क्षेत्र छाड्दै १३ औं स्थानमा उक्लेको छ । भिल्लाको १४ खेलमा १५ अंक छ । युनाइटेड १३ खेलमा २३ अंक जोड्दै पाँचौ स्थानमा छ ।

April 14, 2024

इंग्ल्यान्ड ‘सी’ सँग खेल्ने प्रारम्भिक टोलीमा २८ खेलाडी

काठमाडौ ( हाम्रो खेलकुद)- इंग्ल्यान्ड ‘सी’ विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीको घोषणा भएको‌ छ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामाजिक सन्जाल मार्फत जानकारी दिएको छ। अल्डरसट टाउन एफसीको रंगशाला इबिबीमा वैशाख २४ गते बीच मैत्रीपूर्ण फुटबल हुनेछ।  […]

April 14, 2024

क्यासी स्पोर्टसलाई यु १३ फुटबल उपाधि

गोरखा (हाम्रो खेलकुद)- क्यासी स्पोर्टस् एकेडेमी यु-१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । द ओसन क्लबको आयोजनामा गोरखा नगरपालिका–९ स्थित एस्ट्रो टर्फमा शनिबार थ्री स्टार क्लबलाई पेनाल्टी सुट आउटमा ३-२ ले हराउँदै क्यासी च्याम्पियन बनेको हो ।निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेलान्टी सुटआउटमा गएको थियो । क्यासी २० हजार रुपैयाँ, ट्रफी […]

April 14, 2024

ब्रुनोको दुई गोलमा युनाइटेड हारबाट जोगियो

एजेन्सी – कप्तान तथा मिडफिल्डर ब्रुनो फर्नान्डेसले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ । खेलमा दुईपटक पछि परेको स्थितिमा ब्रुनोले दुई गोल गरेपछि युनाइटेडले घरेलु टोली बर्नमाउथसँग २–२ गोलको बराबरी खेलेको हो । बर्नमाउथका डोमिनिक सोलांके र जस्टिन क्लुइभर्टले गोल गरेपनि जित निकाल्न सकेन । बर्नमाउथमा शनिबार राति भएको खेलको […]

Success

Thank you for your time.