default_image

2 years ago

November 7, 2022

लिभरपुलले टोटेनहमलाई हरायो

102 views

0 Bookmark

एजेन्सी – फरवार्ड मोहमद सलाहले दुई गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटेनहम हट्सपरलाई पराजित गरेको छ ।

लिभरपुलले टोटेनहमको मैदानमा २-१ को जित निकाल्दा सलाहले पहिलो हाफमा गरेको दुई गोल नै निर्णायक सावित भयो । पहिलो हाफमा उच्च प्रदर्शन गरेको लिभरपुल दोस्रो हाफमा दबाब खेप्न पुगेको थियो । तर टोटेनहमले एक गोल मात्र फर्काउँदा पाहुना टोलीले जित हासिल गर्न सफल भयो ।

खेलको ११ औं मिनेटमा सलाहले लिभरपुललाई अघि बढाएका थिए । उनले डार्विन न्युनेजको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे । ४० औं मिनेटमा सलाहले अग्रता दोब्बर पारे । टोटेनहमका एरिक डाएरले डिफेन्समा गल्ति गरेपछि उक्त बललाई वन भर्सेस वनको स्थितिमा लग्दै सलाहले फिनिस गरेका थिए ।

दोस्रो हाफमा टोटेनहमले लगातार दबाब सिर्जना गरेको थियो । ७० औं मिनेटमा केनले गोल गर्दै खेलमा फर्कने संकेत दिए । डेजान कुलुसेभ्सकीले मैदान पसेको दोस्रो मिनेटमै अवसर सिर्जना गर्दा केनले सुन्दर फिनिस गरेका थिए । टोटेनहमका दुई प्रहार पोस्टमा लाग्दा खेल लिभरपुलले जितेको थियो ।

यस जितले लिभरपुल अंक तालिकाको आठौं स्थानमा पुगेको छ । टोलीले १३ खेलमा १९ अंक जोडेको छ । चौथो स्थानमा रहेको टोटेनहमको १४ खेलमा २६ अंक छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.