default_image

2 years ago

November 7, 2022

च्याम्पियन्स लिग : नकआउट चरणको ड्र आज

158 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको ड्र सोमबार हुँदैछ । स्विटजरल्यान्डको न्योनस्थित युरोपेली फुटबलको मुख्यालयमा हुने ड्र नेपाली समय अनुसार साँझ ४:४५ बजे सुरु हुनेछ ।

८ समूहको शीर्ष २ टोलीले नकआउट चरणमा स्थान बनाउँदा युरोपका केहि शीर्ष क्लब भने यसपटक अघि बढ्न सकेनन् । समान चार इंग्लिस र जर्मन क्लब, तीन सिरी ‘ए’ क्लब, दुई पोर्चुगिज क्लब र समान एक स्पेनिस, फ्रेन्च र बेल्जियन क्लबले नकआउट चरणमा स्थान बनाएका छन् ।

स्पेनिस ला लिगाबाट यसपटक साविक विजेता तथा कीर्तिमानी १४ पटकको च्याम्पियन रियल म्याड्रिडले मात्रै नकआउट चरणमा स्थान बनाउँदा बार्सिलोना, एट्लेटिको मड्रिड र सेभियाले समूह चरण पार गर्न सकेनन् । एट्लेटिको मड्रिड आफ्नो समूहमा पुछारमा रहँदै युरोपा लिगमा पनि छनोट हुन सकेन ।

यस्तै यसपटक चार प्रिमियर लिग क्लबले प्रि–क्वाटरफाइनलमा स्थान बनाउँदा लिभरपुलबाहेक टोटेनहम, चेल्सी र म्यानचेस्टर सिटी समूह विजेता बनेर अघि बढे ।

ड्रमा समूह विजेता र समूह उपविजेताको दुई पोल हुनेछ । हरेक समूह विजेताले अर्को कुनै समूहको उपविजेतासँग खेल्नेछ । प्रि क्वाटरफाइनलमा एकै देशका दुई क्लब भिड्ने छैनन् । त्यस्तै एकै समूह क्लब पनि आमने सामने हुने छैनन् ।

च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने टोली

समूह ‘ए’ – नेपोली (इटाली) र लिभरपुल (इंग्ल्यान्ड)

समूह ‘बी’ – एफसी पोर्टाे (पोर्चुगल) र क्लब ब्रुग (बेल्जियम

समूह ‘सी’ – बायर्न म्युनिख (जर्मनी) र इन्टर मिलान (इटाली)

समूह ‘डी’ – टोटेनहम (इंग्ल्यान्ड) र फ्रान्कफुर्ट (जर्मनी)

समूह ‘ईं’ – चेल्सी (इंग्ल्यान्ड) र एसी मिलान (इटाली)

समूह ‘एफ’ – रियल म्याड्रिड (स्पेन) र आरबी लाइप्जिग (जर्मनी)

समूह ‘जी’ – म्यानचेस्टर सिटी (इंग्ल्यान्ड) र बोरुसिया डर्टमुन्ड (जर्मनी)

समूह ‘एच’ – बेन्फिका (पोर्चुगल) र पिएसजी (फ्रान्स)

युरोपा लिग खेल्ने टोली :

आयाक्स, लेभरकुसन, बार्सिलोना, स्पोर्टिङ लिस्बन, साल्जबर्ग, शाख्तर डोनेस्क, सेभिया, युभेन्टस

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.