default_image

2 years ago

November 7, 2022

रियल म्याड्रिड र लिभरपुल अन्तिम १६ मै भिड्ने

121 views

0 Bookmark

एजेन्सी – गत सिजन च्याम्पियन्स लिगको फाइनलमा भिडेका रियल म्याड्रिड र लिभरपुल यस पटक राउन्ड अफ १६ चरणमा भिड्ने भएका छन् । उपाधि दावेदार बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पनि आमने सामने हुने भएका छन् ।

स्विटजरल्यान्डको न्योनस्थित युरोपेली फुटबलको मुख्यालयमा हुने ड्र मा भएको ड्र अनुसार गत सिजन फाइनलमा भिडेका लिभरपुल र रियल म्याड्रिड अन्तिम १६ मा खेल्ने भएका हुन् । म्यानचेस्टर सिटीले जर्मनीको आरबी लाइप्जिग सँग खेल्नेछ । चेल्सीले बोरुसिया डर्टमुन्डको सामना गर्दैछ । बेन्फिकाले क्लब ब्रुजासँग खेल्नेछ ।

टोटेनहमले एसी मिलान तथा इन्टर मिलानले एफसी पोर्टोको सामना गर्नेछ । पिएसजीले बायर्न म्युनिखसँग खेल्दा नेपोली र आइन्ट्राक्ट फ्रान्कफर्ट आमने सामने हुनेछन् ।

खेलहरु :

म्यानचेस्टर सिटी विरुद्ध आरबी लाइप्जिग

बेन्फिका विरुद्ध क्लब ब्रुजा

रियल म्याड्रिड विरुद्ध लिभरपुल

टोटेनहम हट्सपर विरुद्ध एसी मिलान

नेपोली विरुद्ध आइनट्राक्ट फ्रान्कफर्ट

चेल्सी विरुद्ध बोरुसिया डर्टमुन्ड

एफसी पोर्टो विरुद्ध इन्टर मिलान

बायर्न म्युनिख विरुद्ध पेरिस सेन्ट जर्मेन

राउन्ड अफ १६ का खेलहरु फेब्रुअरी तेस्रो साताबाट सुरु हुनेछ । पहिलो लेग फेब्रुअरी १४, १५, २१ र २२ तारिखमा हुनेछ । दोस्रो लेग मार्च ७, ८, १४ र १५ तारिखमा खेलिनेछ । च्याम्पियन्स लिगमा अवे गोलको नियम हटेकाले दोस्रो लेग समाप्तिमा स्कोर बराबरी हुँदा अतिरिक्त समय र पेनाल्टीमा खेल पुग्नेछ ।

यसपटक च्याम्पियन्स लिगको फाइनल खेल टर्कीमा हुनेछ । इस्तानबुलमा हुने फाइनल खेल १० जुन २०२३ मा खेलिनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.