2 years ago
November 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै महिना घरेलु मैदानमा हुने पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि नरेश थापालाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।
एन्फाले मंगलबार मैत्रीपूर्ण खेलका लागि थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिईएको जनाएको छ । एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले थापालाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए । नरेश ‘ए’ डिभिजन टोली जावलाखेल युथ क्लबका पुर्व खेलाडी तथा प्रशिक्षक हुन् ।
यसअघि एन्फाले लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । टोलीले गत सातादेखि प्रशिक्षण सुरु गरिसकेको छ । प्रारम्भिक चरणमा ३० खेलाडी प्रशिक्षणमा सामेल छन् ।
विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) को निलम्बन फुकुवासँगै पाकिस्तान आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कदै छ । निलम्बन फुकुवापछि पाकिस्तानको सिनियर पुरुष टोलीले नेपालविरुद्ध पहिलो अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपाल र पाकिस्तानबीचको खेल कार्तिक ३० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने छ ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि नेपाल प्रशिक्षक विहीन रहेको छ । गत असोजमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दा प्रदीप हुमागाईंलाई कार्यवहाक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको थियो । उक्त खेलमा अन्जन विष्टको ह्याट्रिकमा ३–१ को जित निकालेको थियो ।
January 21, 2025
हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]
January 21, 2025
एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले हराएको छ। एपिएफका लागि रश्मिकुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]