default_image

2 years ago

November 9, 2022

१० खेलाडीमा समेटिएको बार्सिलोनाको पूनरागमन जित

127 views

0 Bookmark

एजेन्सी – १० खेलाडीमा समेटिएको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनामाथि रोमाञ्चक पूनरागमन जित निकालेको छ ।

बार्सिलोनाले घरेलु टोली ओसासुनासँग १–० ले पछि परेको स्थिति उल्ट्याएर २–१ को पूनरागमन जित दर्ता गरेको हो । पाम्पलोना स्पेनमा मंगलबार राति भएको खेलमा बार्सिलोनाको पूनरागमन जितमा पेड्री र रािफन्हाले गोल गरे । घरेलु टोलीका डेभिड गार्सियाको गोल सान्त्वना बन्यो ।

खेलको छैटौं मिनेटमा गार्सियाको गोलबाट बार्सिलोना पछि परेको थियो । उनले रुवेन गार्सियाको पासलाई सदुपयोग गरेका थिए । ३१औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । फरवार्ड रोबर्ट लेवान्डोस्की दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा बेञ्चमा रहेका डिफेन्डर जेरार्ड पिके सिधै रातो कार्ड खाँदै प्लेयर बक्स छाड्न बाध्य भए । तर १० खेलाडीमा समेटिएको बार्सिलोनाले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै महत्वपूर्ण जित निकाल्न सफल भयो ।

४८औं मिनेटमा पेड्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५औं मिनेटमा परिवर्तित खेलाडी राफिन्हाले गोल गर्दै बार्सिलोनालाई पूनरागमन जित दिलाए । ७औं मिनेटमा औसमाने डेम्वेलेको स्थानमा मैदान छिरेका राफिन्हाले फ्रान्की डि जोङको पासमा गोल गन सफल भएका थिए ।

यस रोमाञ्चक पूनरागमन जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडलाई ५ अंकले पछि पारेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको १४ खेलबाट ३७ अंक पुगेको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ३२ अंक छ । पराजित ओसासुना २३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यसअघि समाचारको शीर्षकमा १० हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । – सम्पादक

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.