default_image

3 years ago

November 9, 2022

तेस्रो जितको लक्ष्यमा नेपाल

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू१५ महिला च्याम्पियनसिपमा आज (बुधबार) अपराजित रहेको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भुटानबीचको खेल ढाकाको बीएसएसएसएमके स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ः१५ बजेपछि सुरु हुनेछ । भुटानविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जित निकाल्दै उपाधि यात्रालाई थप मजवुत बनाउन चहान्छ ।

नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ७–० ले तथा घरेलु टोली बंगलादेशलाई १–० ले हराएर ६ अंक जोडेको छ । भुटानलाई पनि हराएर नेपाल अपराजित रहने योजनामा हुनेछ । भुटानविरुद्ध ह्याट्रिक सहित चार गोल र बंगलादेशविरुद्ध पनि निर्णायक गोल गरेकी वर्षा ओली टोलीको मुख्य हतियार हुनेछिन् ।

तीन खेलमा नै पराजय भोगेको भुटान च्याम्पियनसिपबाट बाहिरिसकेको छ । भुटानले नेपालसाग ७–० को हार बेहोर्दा बंगलादेशसँग ८–० र ९–० को हार भोगेर अंकविहीन छ ।

हालसम्म बंगलादेश ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेको नेपालको ६ अंक नै रहेपनि गोल अन्तरमा पछि छ । भुटानको गोल र अंकको खाता खोल्न सकेको छैन ।

३ राष्ट्र सहभागी यस प्रतियोगिता डबल राउन्ड रोबिन पद्दतिमा भइरहेको छ । लिगको अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिता जित्नेछ । नेपालले भुटानलाई पराजित गरेर शुक्रबार बंगलादेशसँग बराबरी खेलेमा उपाधि जित्नेछ । नेपालले ११ नोभेम्वरमा बंगलादेशसँग अन्तिम खेल खेल्नेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.