default_image

2 years ago

November 9, 2022

भुटानमाथि नेपालको संघर्षपूर्ण जित

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू१५ महिला च्याम्पियनसिपमामा नेपालले लगातार तेस्रो जित निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

भुटानमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै नेपाल शीर्षस्थानमा रहँदै उपाधि नजिक पुगेको हो । बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा बुधबार भएको खेलमा नेपालको जितमा सेनु परियारले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

उनले ४९औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । राउन्ड रोविन लिगको पहिलो खेलमा ७–० को फराकिलो जित निकालेपनि नेपालले राउन्ड रोविनको दोस्रो खेलमा भुटानको बलियो रक्षापङ्ति चिर्न नसक्दा कम गोलअन्तरमा रोकिन पुग्यो ।

यस जितसँगै नेपालको ३ खेलबाट ९ अंक पुगेको छ । समान खेलबाटै बंगलादेशको ६ अंक छ । लगातार चौथो खेलमा हार भोगेको भुटान गोल र अंकविहीन हुँदै बाहिरिएको छ ।

अब नेपाललाई च्याम्पियन बन्न राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशविरुद्ध बराबरीको नतिजा नै पर्याप्त हुनेछ । नेपाल र बंगलादेशबीचको खेल शुक्रबार हुनेछ ।

३ राष्ट्र सहभागी यस प्रतियोगिता डबल राउन्ड रोबिन पद्दतिमा भइरहेको छ । लिगको अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिता जित्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.