सातौ राष्ट्रिय खेलकुद
धरान – (हाम्रो खेलकुद) – धरानको एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा त्रिभुवन आर्मिले मध्यपश्चिमलाई १-० ले हराउदै प्रतियोगितको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

आर्मीका फरवार्ड नवयुग श्रेष्ठ ।
आर्मिकालागी एकमात्र गोल स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गरे । श्रेष्ठको ७ मिनेटको गोल आर्मिकोलागी निर्णायक साबित भयो ।
त्यस्तै अर्को खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले भने सुदुर पस्चिमाञ्चल बिरुद्ध कुनै गोल गर्न नसक्दा अंक बाड्न बाध्य भयो । आफ्नो पहिलो खेलमा ८ गोल गरेको एपिएफले कुनै गोल गर्न सकेन ।