default_image

2 years ago

November 10, 2022

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण खेल – टिकट मुल्य १ हजार र ५ सय

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीबीच अर्को साता हुने मैत्रीपूर्ण खेल दशरथ रंगशाला पुगेर हेर्नका लागि दर्शकले १ हजार वा ५ सय रुपैयाँको टिकट किन्नु पर्नेछ ।

नेपाल र पाकिस्तानबीच मंगलबार साँझ ५ बजे सुरु हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भिआइपीतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ दरको टिकट शुल्क निर्धारण गरेको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

एन्फाले यसअघि नेपाल र बंगलादेशबीच असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा जस्तै ८० वटा भिभिआइपी टिकटको मुल्य ५ हजार रुपैयाँ तोकेको छ । टिकट खरिद गर्नेमध्ये एक भाग्यशाली विजेताले ब्राजिल र क्यारुनबीचको विश्व कप खेल हेर्न पाउने एन्फाले जनाएको छ । टिकट विक्रीका लागि फुटसल भिलेज प्रालिलाई जिम्मेवारी दिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

नेपाल र पाकिस्तानबीचको खेलका लागि झण्डै ४९ लाख रुपैयाँ खर्च हुने एन्फाले अनुमान गरेको छ । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलको मार्केटिङ्ग, बोर्डकास्टिङ्ग र डिजिटल अधिकारको विक्रि सम्बन्धमा टेन्डर आह्वान गरिएको पनि प्रवक्ता शाहले जानकारी दिए ।

दशरथ रंगशलामा असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ ले हराएको थियो । खेलमा अन्जन विष्टले ह्याट्रिक गरेका थिए । यसपटक सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई एन्फाले पाकिस्तानविरुद्धको खेलको प्रशिक्षण गर्ने जिम्मेवारी दिएको छ । कटुवालले ३० खेलाडी समेटेर प्रशिक्षण सञ्चालन गरिरहेका छन् ।

January 24, 2025

गोर्खाली कप फागुन दोस्रो साता हुने

काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]

January 24, 2025

टोटनहमको जितमा सनको २ गोल

एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]

January 24, 2025

ब्रुनोको गोलमा युनाइटेडको जित

एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]

Success

Thank you for your time.