2 years ago
November 10, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व तीन कप्तानसम्मिलित सिएमजी क्लब संकटा नेपाल भारतको नयाँ दिल्लीमा आयोजना हुने थ्री नेसन्स भेट्रान्स कप फुटबल प्रतियोगितामा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ ।
राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानत्रय उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, राकेश श्रेष्ठसहित टोलीमा अधिकांश पूर्व राष्ट्रिय खेलाडी रहेका छन् । राष्ट्रिय टोलीका फरवार्ड जुमानु राई, मिडफिल्डर प्रदीप महर्जन, राजु तामाङ, गोलकिपर सुरेन्द्र श्रेष्ठ, डिफेन्डर चुन थापालगायतका छन् ।
टोलीका अन्य खेलाडीमा राजकुमार केसी, कल्याण खड्गी, विजय जायाकु श्रेष्ठ, रमेश गुरुङ, सन्तोष बस्नेत, विष्णुबहादुर सुनार, राजन महर्जन, रञ्जित लामा रहेका छन् । आशिषमान सिंह व्यवस्थापक रहेको टोलीको प्रशिक्षकमा राजेश मानन्धर, फिजियो राजु दाहाल र अफिसियलमा सुदन बज्राचार्य छन् ।
शुक्रबार हुने प्रतियोगितामा संकटाले पहिलो खेल दिल्ली सन्डे क्लब भारतसँग खेल्नेछ । दोस्रो खेल भेट्रान्स फुटबल क्लब बंगलादेश र दिल्लीबीच हुनेछ । अन्तिम खेल संकटा र बंगलादेशको टोलीबीच हुने संकटाले जनाएको छ । संकटाका पदाधिकारीले बुधबार टोलीलाई बिदाई गरेको थियो ।
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको युवा टोलीबाट चीनको युनानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा चोट बोक्न पुगेका मिडफिल्डर आशिष राईको शल्यक्रिया सम्पन्न भएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा विपक्षी खेलाडीको ट्याकलमा आशिषको देब्रे खुट्टा भाँचिएको थियो । गम्भीर प्रकृतिको चोट बोकेका उनको आइतबार नै शल्यक्रिया गरिएको हो । ललितपुरको बि एण्ड बि अस्पतालमा वरिष्ठ अर्थोपेडिक […]
February 16, 2025
सुमन अधिकारी, बुटवल आयोजक लखन ब्रदर्श युथ क्लब सेतो बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व जारी प्रतियोगिताको आइतवार पहिलो सेमिफाइनलमा सम्पूर्ण युवा क्लब सुपौलीलाई ४-० ले पराजित गर्दै लखन सेतो फाइनलमा प्रवेश गरेको हो । सिद्धेश्वर खेलमैदानमा भएको खेलको ५५ औं मिनेटमा आयोजक सेतोका कप्तान […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ। निराजन र सरोज दुवै ‘बी’ क्याटगोरीका खेलाडी हुन्। बुटवल लुम्बिनीले जारी गरेको विज्ञप्तिमा प्रतिभाशाली युवा खेलाडी निराजन गत सिजन टोलीको महत्वपूर्ण सदस्यको रुपमा रहेको कारण उनी बाट तेस्रो सिजनमा थप अपेक्षा सहित रिटेन […]