default_image

2 years ago

November 11, 2022

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४:४५ बजेपछि सुरु हुनेछ ।
नेपाल र बंगलादेशबीचको डबल राउन्ड रोविन लिगको अन्तिम खेल फाइनल सरहकै रहेको छ । यस खेलमा सफलता हात पार्ने टोली च्याम्पियन बन्नेछ । बंगलादेशलाई हराएर नेपाल अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । नेपाललाई उपाधि जित्न बंगलादेशविरुद्ध बराबरीकै नतिजा पर्याप्त हुनेछ ।

राउन्ड रोविनको पहिलो खेलमा बंगलादेशलाई १–० ले हराएको नेपाल सोही जितको लयलाई निरन्तरता दिन लक्ष्यमा मैदान उत्रनेछ । नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्षस्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । भुटान चार खेलमा गोल र अंकविहीन हुँदै बाहिरिएको छ ।

बंगलादेशलाई उपाधि जित्न नेपालविरुद्ध निश्चित जितको खाँचो छ । बंगलादेश लिग चरणमा भोगेको १–० को हारको बदला लिदै च्याम्पियन बन्ने दाउँमा हुनेछ । नेपालले राउन्ड रोविन लिगमा भुटानलाई ७–० र १–० ले पराजित गर्दा बंगलादेशलाई १–० ले नै पराजित गरेको थियो । यता, बंगलादेशले भुटानलाई ८–० र ९–० ले पराजित गर्दा नेपालसँग १–० ले पराजित भएको थियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.