default_image

2 years ago

November 11, 2022

पाकिस्तानविरुद्ध खेल्ने नेपाली टोली घोषणा

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै साता पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि अन्तिम टोली घोषणा गरेको छ ।

नेपालले पाकिस्तानसँग कार्तिक ३० गते मंगलबार मैत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा हुने खेलका लागि प्रवेश कटुवाललाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ । प्रशिक्षक कटुवालले गत साता ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए ।

गोलरक्षक किरण चेम्जोङलाई विश्राम दिँदा विशाल श्रेष्ठ, विकेश कुथु र दीप कार्की टोलीमा रहेका छन् । किरण भारतीय लिगमा राउन्डग्लास पन्जाबबाट खेल्दैछन् । डिफेन्डर निशान खड्काले टोलीमा पुनरागमन गर्दा नवयुग श्रेष्ठ र पुजन उपरकोटी पनि टोलीमा फर्केका छन् । पछिल्लो महिना बंगलादेशविरुद्ध भएको खेलमा नवयुग र पुजन टोलीमा थिएनन् । विंगर आयुष घलान पनि टोलीमा फर्केका छन् ।

अन्तिम टोली :

गोलरक्षक : विशाल श्रेष्ठ, विकेश कुथु र दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का

मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आवास लामिछाने

फरवार्ड : अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का, सुजल श्रेष्ठ

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.