default_image

2 years ago

November 12, 2022

च्याम्पियन नेपाल आज स्वदेश फर्कदै

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अपराजित रहेर साफ यू१५ महिला च्याम्पियनसिपको च्याम्पियन बनेको नेपाली युवा महिला राष्ट्रिय टोली आज (शनिबार) स्वदेश फर्कदैछ ।

नेपाली टोली शनिबार साँझ ५ः४० बजे हिमालयन एअरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपालले शुक्रबार बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा राउन्ड रोविन लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै अपराजित रहेर च्याम्पियन बन्न सफल भएको हो । नेपालको लागि सुशिला केसीले गोल गर्दा बंगलादेशकी रुमा अख्तेरले बराबरी गोल फर्काएकी थिइन् ।

खेलको अन्तिम समयमा बंगलादेशले पेनाल्टी पाएपनि जोएनब बिबी रिताको पेनाल्टीलाई कप्तानको जिम्मेवारी समेत निर्वाह गरेकी सुजताले तामाङले बचाउँदै नेपाललाई सम्भापवत हारबाट जोगाएर च्याम्पियन बनाइन् । उनी नै च्याम्पियनसिपको उत्कृष्ट गोलरक्षक चुनिइन् । उनले राउन्ड रोविन लिगको सबै चार खेल खेल्दा तीन खेलमा क्लिनसिट राखिन् ।

महिला फुटबलमा नेपालको यो पहिलो उपाधि हो । यसअघि नेपाली महिला टोलीले उमेर समूह या सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा उपाधि जित्न सकेको छैन ।

तीन राष्ट्रको मात्रै सहभागिता भएपछि डबल राउन्ड रोविन लिगको आधारमा भएको च्याम्पियनसिपमा नेपालले चार खेलबाट १० अंक जोड्यो । बंगलादेशले ७ तथा भुटान गोल र अंकविहीन बन्यो ।

नेपालले पहिलो खेलमा भुटानलाई ७–० र दोस्रो खेलमा बंगलादेशलाई १–० ले र अर्को खेलमा भुटानलाई १–० ले हराएको थियो ।

टोलीको प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन, गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी, फिजियोमा सरिता बजगाईं र व्यवस्थापकमा पूर्ण माया सुब्बा लिम्बू छिन् ।

नेपाली टोली :

गोलरक्षक : राधिका ओली, सुजाता तामाङ र रुपा धिमाल

डिफेन्डर : सिता रोकाया, अमिता भुल, दीपा मगर, अन्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु र विपना स्नेही

मिडफिल्डर : सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली र मनिषा सेन

फरवार्ड : दीपा रोकाया, समिक्षा मगर, वर्षा ओली र सेनु परियार

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.