default_image

2 years ago

November 13, 2022

चेल्सीको अर्काे हार, टोटेनहमको रोमाञ्चक जित

80 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा अर्काे हार बेहोर्दा टोटेनहम हटस्परले रोमामाञ्चक जित निकालेको छ । चेल्सी न्यूक्यासल युनाइटेडसँग १–० ले पराजित भएको हो ।

चेल्सीले एस्टन भिल्लालाई २–० ले पराजित गरेयता प्रिमियर लिगमा जित निकाल्न सकेको छैन । पछिल्लो पाँच खेलमा चेल्सीले लगातार तेस्रो हार बेहोरेको हो । प्रिमियर लिगमा चेल्सीकाे लगातार तेस्राे हार हाे ।

यसअघि चेल्सी प्रिमियर लिगमा ब्राइटनसँग ४–१, आर्सनलसँग १–० ले तथा कारवाओ कपमा म्यानचेस्टर सिटीसँग २–० ले पराजित भएको थियो ।

सेन्ट जेम्स पार्क न्यूक्यासलमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा दोस्रो हाफमा जोसेफ विललकले गरेको गोल नै निर्णायक बन्यो । उनले ६७औं मिनेटमा मिगुइल अल्मिरोनको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै न्यूक्यासल १५ खेलबाट ३० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ३७ तथा म्यानचेस्टर सिटीको ३२ अंक छ । पराजित चेल्सी १४ खेलबाट २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

अर्काे खेलमा टोटेनहमले खेलमा दुईपटक पछि परेको स्थिति उल्ट्याएर लिड्स युनाइटेडमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदानमा टोटेनहमको जितमा रोड्रिगो बेन्टनकरले दुई तथा ह्यारी केन र बेन डेभिसले समान एक गोल गरे । लिड्सका रोड्रिगोले दुई तथा क्राइसेन्सियो समरभिलीले एक गोल गरे ।

यस जितसँगै टोटेनहम १५ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा रहेको छ । लिड्स १५ अंक जोडेर १५औं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.