default_image

2 years ago

November 13, 2022

नुनेज चम्कँदा लिभरपुलको जित

104 views

0 Bookmark

एजेन्सी – उरुग्वेली फरवार्ड डार्विन नुनेज चम्कँदा लिभरपुलले इंग्लिस प्रिमियर लिगमासहज जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा साउथह्याम्टनलाई ३–१ ले पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलको सहज जितमा नुनेजले दुई तथा रोबर्टाे फिर्मिनोले एक गोल गरे । साउथह्याम्टनका चे एडाम्सले एक गोल फर्काए ।

शनिबार राति भएको खेलको छैटौं मिनेटमा फिर्मिनोको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिन सफल भयो । उनले एन्ड्रिउ रोबर्टसनको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

नवौं मिनेटमा चे एडाम्सले जेम्स वार्ड प्रोजको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २१औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । उनले हार्भे इलिओटको पासमा गोल गर्न सफल भएका थिए ।

४२औं मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लिभरपुललाई पहिलो हाफमा ३–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो ।

यस जितसँगै लिभरपुल १४ खेलबाट २२ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टन १२ अंक जोडेर १९औं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.