default_image

2 years ago

November 13, 2022

पाकिस्तानी फुटबल टोली आज नेपाल आइपुग्ने

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि पाकिस्तानको राष्ट्रिय फुटबल टोली आज (आइतबार) राति नेपाल आइपुग्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानी टोली आइतबार राति फ्लाई दुवईमार्फत राति ११ः४५ बजे नेपाल आइपुग्ने जनाएको छ । नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि हुनेछ ।

पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) ले दुई दिन अघिमात्रै २४ सदस्यीय टोली घोषणा गरिसकेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकुवा गरेपछि पाकिस्तानले ३ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको रुपमा नेपालसँग खेल्न लागेको हो ।

अन्तर्राष्ट्रिय फुटबलमा फर्कनुअघि मुख्य प्रशिक्षक शहजाद अनवरको प्रशिक्षणमा टोलीले विगत एक महिनाबाट निरन्तर प्रशिक्षण गरिरहेका छन् ।

टोलीको कप्तानी फरवार्ड हसन बसिर तथा मोहम्मद उमर हयात उपकप्तान रहेका छन् । पाकिस्तानी टोलीमा चार डेनमार्कका खेलाडी रहेका छन् । डिफेन्डर अब्दुल्लाह इकवल पाकिस्तानबाट खेल्ने पछिल्लो डेनिस नाम हुन् । टोलीमा साकिब हनिफ, युसुफ इजाज बट र अब्दुल बासित रहेका छन् ।

डिफेन्डरमा जैन (जुनियर), सोहेल खान, सैयद जुनैद शाह, अब्दुल्लाह शाह, मामुन मुसा, अब्दुल्लहा इकबाल, सरदार वली र हसिब खान छन् । मिडफिल्डमा उमैर अली, जैन उल अबिदिन, अब्दुल कादिर खान, आलमगिर गाजी, अदनान याकूब र अदनान सइद छन् । मोहम्मद अफजल, मोहम्मद वाहिद, मोहम्मद वलिद खान र शायक दोस्त फरवार्ड हुन् ।

टोली तीन वर्षपछि अन्तर्राष्ट्रिय खेलमा फर्किने भएको छ । पाकिस्तानले पछिल्लोपटक सन् २०१९ जुनमा फिफा विश्वकप कतार २०२२ को छनोटमा कम्वोडियासँग खेल्दा २–१ ले पराजित भएको थियो ।

पाकिस्तानविरुद्धको खेलका लागि नेपालले पनि मिडफिल्डर रोहित चन्दको कप्तानीमा अन्तिम टोली छनोट गरिसकेको छ । नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ टोलीमा हुने छैनन् ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.