default_image

2 years ago

November 14, 2022

आत्मघाती गोलमा मिलान विजयी, युभेन्ट्सको पनि जित

147 views

0 Bookmark

एजेन्सी – आत्मघाती गोलको सहायतामा एसी मिलानले इटालियन सिरी ‘ए’ मा संघर्षपूर्ण जित निकाल्दा युभेन्ट्सले सहज जित निकालेको छ ।

मिलानले घरेलु मैदानमा फियोरेन्टिनालाई २–१ ले पराजित गरेको हो । मिलानको जितमा राफायल लियोले गोल गर्दा एक गोल उपहार पाएको थियो । फियोरेन्टिनाका एन्टोनिन बराकले एक गोल फर्काए ।

मिलानोमा आइतबार राति भएको खेलको दोस्रो मिनेटमा राफायल लियोको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । २८औं मिनेटमा एन्टोनिन बराकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा निकोला मिलिन्कोभिचले आत्मघाती गोल गरेपछि मिलान २–१ ले विजयी हुन सफल भयो ।

यस जितसँगै मिलान १५ खेलबाट ३३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । मिलान शीर्षस्थानको नेपोलीभन्दा ८ अंकले पछि छ । पराजित फियोरेन्टिना १९ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

अर्काे खेलमा युभेन्ट्सले लाजियोलाई ३–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । युभेन्ट्सको जितमा मोइस किनले दुई तथा एर्काडिअस्ज मिलिकले एक गोल गरे ।

यस जितसँगै तेस्रो स्थानमा उक्लिएको युभेन्ट्सको १५ खेलबाट ३१ अंक पुगेको छ । पराजित लाजियो ३० अंक जोडेर चौथो स्थानमा झरेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.