default_image

2 years ago

November 14, 2022

पाकिस्तानी फुटबल टोली नेपाल आइपुग्यो

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि पाकिस्तानको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ ।

२४ खेलाडीसहितको पाकिस्तानी टोली आइतबार राति फ्लाई दुवईमार्फत नेपाल आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि हुनेछ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकुवा गरेपछि पाकिस्तानले ३ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको रुपमा नेपालसँग खेल्न लागेको हो ।

टोलीको कप्तानी फरवार्ड हसन बसिर तथा मोहम्मद उमर हयात उपकप्तान रहेका छन् । पाकिस्तानी टोलीमा चार डेनमार्कका खेलाडी रहेका छन् । डिफेन्डर अब्दुल्लाह इकवल पाकिस्तानबाट खेल्ने पछिल्लो डेनिस नाम हुन् ।

टोलीमा साकिब हनिफ, युसुफ इजाज बट र अब्दुल बासित रहेका छन् । डिफेन्डरमा जैन (जुनियर), सोहेल खान, सैयद जुनैद शाह, अब्दुल्लाह शाह, मामुन मुसा, अब्दुल्लहा इकबाल, सरदार वली र हसिब खान छन् ।

मिडफिल्डमा उमैर अली, जैन उल अबिदिन, अब्दुल कादिर खान, आलमगिर गाजी, अदनान याकूब र अदनान सइद छन् । मोहम्मद अफजल, मोहम्मद वाहिद, मोहम्मद वलिद खान र शायक दोस्त फरवार्ड हुन् ।

पाकिस्तानले पछिल्लोपटक सन् २०१९ जुनमा फिफा विश्वकप कतार २०२२ को छनोटमा कम्वोडियासँग खेल्दा २–१ ले पराजित भएको थियो । पाकिस्तानविरुद्धको खेलका लागि नेपालले पनि अन्तिम टोली छनोट गरिसकेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.