default_image

2 years ago

November 14, 2022

चर्च ब्वाइजलाई फिफा एसीको साथ

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड फुटबल क्लब र फिफा एसी हाएस डिलक्स यातायात प्रा.लि. बीच सहकार्य सम्झौता भएको छ ।

यातायात साझेदार तथा सह प्रायोजकको रुपमा फिफा एसी हाएस डिलक्स यातायात प्रा. लि. चर्च ब्याइज सँग आबद्ध भएको हो । फिफा यातायातले चर्च ब्याइजलाई आठ लाख वा सो बराबरको यातायात सुविधा दिने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौता पत्रमा चर्च ब्वाइजको तर्फ बाट अध्यक्ष टंकलाल राई र उपाध्यक्ष जनमरञ्जन देवकोटा र फिफा यातायातको तर्फ बाट अध्यक्ष सबिन डाँगी, कोषाध्यक्ष रमेश खड्का र प्रबन्ध निर्देशक चन्द्र काजी गुरुङले हस्ताक्षर गरे ।

सम्झौता अनुसार फिफा यातायातले चर्च ब्वाइजका खेलाडी तथा अफिसियलहरूलाई लिगको क्रममा हुने यात्राहरूमा यातायात सुविधा उपलब्ध गराउने छ र बजार प्रवर्द्धन गर्न क्लबको लोगो तथा खेलाडीहरुको तस्वीर आफ्नो मातहतको बस तथा वाहनहरुमा प्रयोग गर्न पाउनेछ ।

त्यस्तै चर्च ब्याइजले आफ्नो जर्सीको आकर्षक स्थानमा फिफा यातायातको लोगो राख्नेछ भने क्लबले गर्ने कुनैपनि मार्केटिङ अभियानमा यातायात साझेदार भनी फिफा यातायातको लोगो समावेश गर्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.