3 years ago
November 15, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक यसपटक पनि रिक्त पदाधिकारी नियुक्त गर्न सकेन । एन्फाको सोमबार बसेको बैठकमा पदाधिकारी नियुक्त एजेण्डामा समावेश थियो, तर त्यस विषयमा निर्णयमा पुग्न सकेन ।

एक सदस्यका अनुसार रिक्त पदाधिकारी नियुक्त पुस भित्रमा गरिसक्ने सहमति भएको जनाएका छन् । ३ सहायक महासचिवसहित विभिन्न १७ जनाको नियुक्त हुन बाँकी रहेको बताइएको छ । सहायक महासचिव नियुक्तीमा विवाद पर्दै आएको छ ।
अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा बसकेको बैठकले मार्केटिङ्ग, ब्रोडकास्टिङ्ग, डिजिटल राइट्सका लागि सदस्य रविन्द्र चन्दको संयोजकत्वमा कमिटी गठन भएको छ । एन्फा सचिवालयको समन्वयमा कमिटीले आवश्यक योजना बनाई टेन्टर प्रक्रियामा जाने बताइएको छ ।
एन्फा होस्टल संचालन सम्बन्धमा संघका कार्यसमिति सदस्य सरिला श्रेष्ठको संयोजकत्वमा सदस्य रमेश व्यन्जनकार र प्रवक्ता सुरेश शाह सदस्य रहने गरि समिति गठन भएको छ । मार्चमा हुने फिफा कंग्रेसको प्रनिनिधि तोक्ने जिम्मा बैठकले अध्यक्ष नेम्बाङलाई दिएको छ ।
एन्फाले अर्को साताबाट कतारमा सुरु हुने विश्व कपका लागि एन्फाले प्राप्त गरेको २ सय ९० वटा टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्थाहरु तथा फुटबल प्रायोजक र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय गरेको छ । सहिद स्मारक ए डिभिजन लिग डबल राउन्ड रोविनका आधारमा सञ्चालन गर्ने तथा ए, बी र सी डिभिजन क्लबहरुसँग भएको छलफल पछि गरेको प्रस्तावलाई अनुमोदन गर्ने निर्णय एन्फाले गरेको छ ।
ए डिभिजन क्लबहरुले विभिन्न स्कुलसँग सम्झौता गरि संचालन भइरहेको एकाडेमीहरुलाई विगतको सम्झौताको आधारले वार्षिक समान १० लाख रुपैयाँ उपलब्ध गराउने तथा धरान र बुटवलमा संचालित एकाडेमीलाई चैतसम्मको रकम भुक्तानी गर्ने निर्णय पनि एन्फाले गरेको छ ।
यू–२० का खेलाडी राकेश विश्वकर्माको उपचारमा लाग्ने सम्पुर्ण खर्च बेहोर्ने निर्णय गरेको एन्फाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता प्रिजेन तामाङको उपचारमा ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]