default_image

2 years ago

November 15, 2022

कप्तान रोहित भन्छन् – ‘पाकिस्तान सधै कठिन प्रतिद्वन्द्वि हो’

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीले ४ वर्षपछि एकअर्काको सामना गर्दैछन् । सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन् । त्यसपछि पाकिस्तान ३ वर्ष फिफाको प्रतिबन्धमा परेको थियो ।

केहि महिनाअघि मात्र पाकिस्तान प्रतिबन्ध मुक्त भएको थियो । त्यसयता पहिलो खेलमा पाकिस्तानी टोली नेपालविरुद्ध उत्रने तयारीमा छ । त्यति बेला साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानी टोलीसँग २–१ ले पराजित भएको थियो । दशरथ रंगशालामा बुधबार साँझ ५:०० बजे सुरु हुने खेलका लागि दुवै टोली उत्साहित देखिएका छन् ।

पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण गर्ने मौका पाएका प्रवेश कटुवालले आफ्नो लागि ठूलो मौका भएको बताएका छन् ।‘कोचिङ करियर सुरु गर्दा हरेकको सपना राष्ट्रिय टोली हेर्ने हुन्छ,’ उनले भने,‘मैले त्यो मौका पाएको छु । यसमा खुसी लागेको छ ।’

गत साताबाट मात्र कटुवालले टोलीको तयारी सुरु गर्ने मौका पाएका थिए । ‘समय छोटो थियो । तर पनि हामीले राम्रो तयारी गर्न प्रयास गरेका छौं,’ मछिन्द्र क्लबलाई पछिल्लो दुई सिजन ए डिभिजन लिग च्याम्पियन बनाएका कुटवालले भने,‘प्रतियोगिताहरु नहुँदा खेलाडीको फिटनेसमा केही समस्या थियो। अहिले ठीक भएको छ ।’

पाकिस्तानी टोलीले समूहगत अभ्यास लामो समयदेखि गर्न नपाएकोले त्यहि अनुरुप आफूले रणतीति तयार पारेको कटुवालले बताए । पाकिस्तानविरुद्धको खेलका लागि राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएका रोहित चन्दले पाकिस्तान सधै कठिन प्रतिद्वन्द्विका रुपमा रहेको बताएका छन् ।

रोहितले भने, ‘पाकिस्तान हाम्रो लागि कठिन प्रतिद्वन्द्वि हो। त्यसैले भोलिको खेल प्रतिस्पर्धात्मक नै हुनेछ। खेल हो जे पनि हुन सक्छ । हामी जितका लागि प्रयास गर्नेछौं ।’

कप्तानको जिम्मेवारी पाउँदा खुसी लागेको उल्लेख गर्दै थपे, ‘कप्तानभन्दा पनि आफ्नो देशलाई नै प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा हो। टोलीका ११ खेलाडी नै कप्तान हुन्।’

पाकिस्तानका प्रशिक्षक सहजाद अनवारले पछिल्लो समय खराब समयबाट गुज्रिरहे पनि राम्रो सुरुवात गर्ने योजनाका साथ अघि बढिरहेको बताएका छन् । उनले थपे, ‘ दुई महिनादेखि हामीले तयारी गरिरहेका छौं । अहिले हामीसँग नयाँ टोली छ, केही खेलाडी स्थानीय रुपमै खेल्छन्। केही खेलाडी विदेशी लिग खेलिरहेका छन् ।’

डेनमार्कमा खेलिरहेका पाकिस्तानी टोलीका कप्तान हसन बसिरले नेपालविरुद्ध खेल्न आफू सधै उत्साहित हुने बताएका छन्। ‘नेपालविरुद्ध हाम्रो नतिजा राम्रो रहँदै आएको छ,’ उनले नेपालसँगका पुरानो दिन स्मरण गर्दै भने,‘मैले नेपालविरुद्ध यहाँ खेलिसकेको छु । दर्शकहरुको उपस्थितिमा खेल्दा सधै उत्साहित हुन्छु।’

नेपाल र पाकिस्तानबीच अहिले सम्म १७ खेल भइसकेका छन् । जसमा पाकिस्तानले ७ खेल, नेपालले ५ खेल जितेको छ भने ५ खेल बराबरीमा टुंगिएको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.