default_image

2 years ago

November 16, 2022

फुटबलमा नेपाल र पाकिस्तान ४ वर्षपछि भिड्दै

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीबीचको मैत्रीपूर्ण खेल आज (बुधबार) हुँदैछ । यी दुई टोलीले ४ वर्षपछि एकअर्काको सामना गर्दैछन् । दशरथ रंगशालामा खेल साँझ ५ः०० बजे सुरु हुनेछ ।

बंगलादेशमा सन् २०१८ भएको साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन् । त्यति बेला पाकिस्तानले नेपाललाई २–१ ले हराएको थियो । नेपालका लागि विमल घर्ती मगरले गोल गर्दै अग्रता दिलाएपनि पाकिस्तान विजयी भएको थियो । विमल बुधबार हुने खेलका लागि पनि टोलीमा छन् । त्यसपछि पाकिस्तान ३ वर्ष फिफाको प्रतिबन्धमा परेको थियो ।

अखिल नेपाल फुटबल संघ( एन्फा) ले एक खेलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षण नियुक्त गरेको छ । मछिन्द्र क्लबलाई लगातार दुई वर्ष सहिद स्मारक ए डिभिजन लिगको उपाधि जिताएका थिए । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहित कप्तानलाई टोलीको कप्तानको जिम्मेवारी दिएको छ ।

गत साताबाट मात्र कटुवालले टोलीको तयारी सुरु गरेका थिए । रोहित चन्दले पाकिस्तान सधै कठिन प्रतिद्वन्द्विका रुपमा रहेको बताएका छन् । पाकिस्तानका प्रशिक्षक सहजाद अनवारले पछिल्लो समय खराब समयबाट गुज्रिरहे पनि राम्रो सुरुवात गर्ने योजनाका साथ अघि बढिरहेको बताएका छन् ।
नेपाल र पाकिस्तानबीच अहिले सम्म १७ खेल भइसकेका छन् । जसमा पाकिस्तानले ७ खेल, नेपालले ५ खेल जितेको छ भने ५ खेल बराबरीमा टुंगिएको छ । नेपाली टोली झण्डै डेढ महिनापछि मैत्रीपूर्ण खेलमा उत्रदैछ । यसअघि असोज ११ गते बंगलादेशविरुद्धको खेलमा नेपालले ३-० को जित निकालेको थियो । जसमा अन्जन विष्टले ह्याट्रिक गरेका थिए ।

नेपाली फुटबल टोली

गोलकिपर – विशाल श्रेष्ठ, दीपक कार्की, विकेश कुथु

रक्षापक्ति – रोहित चन्द (कप्तान), अनन्त तामाङ, विकास तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का

मिडिफल्डर – तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज ज्यू ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आभाष लामिछाने, सुजल श्रेष्ठ

फरवार्ड – अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल र रितिक खड्का

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.