2 years ago
November 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर आवास लामिछानले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन् । घरेलु मैदानमा पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आवास दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् ।
आवासले ५७औं मिनेटमा सेसेहाङ आङ्देम्वेको स्थानमा मैदान प्रवेश गरेका हुन् । आवास गत सिजन विभागीय नेपाल एपिएफ क्लबबाट खेल्दै घरेलु फुटबलमा उदाएका नाम हुन् । उनी गत सिजन नै लिगका लागि स्पेनबाट नेपाल आएका थिए ।
नेपाल आएयता उनले निरन्तर एपिएफबाट खेल्दै लगातार उच्च प्रदर्शन गरिरहेका छन् । एपिएफले आहा! गोल्डकप उपाधि जित्दा उनले सानदार प्रदर्शन गरेका थिए ।
January 13, 2025
एजेन्सी – रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । साउदी अरबमा आइतवार स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५-२ ले पराजित भएको हो । यसअघि अक्टोबरमा स्पेनिस ला लिग एल क्लासिकोमा पनि बार्सिलोनाले रियललाई ४-० ले हराएको थियो । बार्सिलोनाको जितमा राफिन्हाको २ , लामिन यमल, रोबर्ट लेवान्डोस्की र एलेजान्ड्रो बाल्डेको […]
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]