default_image

1 year ago

November 16, 2022

अन्जनको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्त्यतिर फरवार्ड अन्जन विष्टले गोल गरेपछि नेपालले पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ । नेपालले घरेलु मैदानमा पाकिस्तानलाई १–० को पराजित गरेको हो । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको पहिलो मिनेटमा विमल घर्ती मगरले सुवर्ण अवसर पाएपनि उनले प्रहार गर्न ढिला गरे । ११औं मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले […]

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्त्यतिर फरवार्ड अन्जन विष्टले गोल गरेपछि नेपालले पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

नेपालले घरेलु मैदानमा पाकिस्तानलाई १–० को पराजित गरेको हो । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको पहिलो मिनेटमा विमल घर्ती मगरले सुवर्ण अवसर पाएपनि उनले प्रहार गर्न ढिला गरे ।

११औं मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले अवसर पाएपनि एलामगिर घाँजीको पासलाई वाहिद खानले भेट्न नसक्दा गोलरक्षक दीप कार्कीले नियन्त्रणमा लिन सफल भए ।

त्यसपछि पाकिस्तानले काउन्टर अट्याकमा केही प्रयास गरेपनि नेपालको रक्षापङ्ति तोड्न सकेन । दोस्रो हाफ फितलो बनेपनि नेपालले गोल गर्न सफल भयो । ८३औं मिनेटमा अन्जनले सुनिल बलको क्रस पासलाई सदुपयोग गरेका हुन् । उनको यो ११औं अन्तर्राष्ट्रिय गोल हो ।

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकाएपछि झन्डै साँढे तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानले पनि केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.