default_image

2 years ago

November 16, 2022

‘यो जिम्मेवारी मेरो लागि पुरस्कार हो’ प्रशिक्षक कटुवाल

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानलाई मैत्रीपूर्ण फुटबल खेलमा पराजित गरेपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रवेश कटुवालले आफ्नो करिअरकै सबैभन्दा ठूलो उपलब्धि पाएको बताएका छन् ।

पोष्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक कटुवालले नेपालले छोटो समयमा अभ्यास गरेपनि राम्रो खेल्दै जित निकालेको बताए । बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले पराजित गरेको हो । अन्जन विष्टले गोल गरेका थिए ।

प्रशिक्षक कटुवालले भने, ‘म खुशी छु । १४ वर्षपछि नेपालले पाकिस्तानलाई हराएको छ । त्यसकारण म खुशी छु । हामीले १२ दिनको मात्रै अभ्यास गर्न पाएका थियौँ । छोटो समयको अभ्यास भएपनि राम्रो खेल्दै जित्यौँ । यो मेरो करिअरकै ठूलो सफलता मान्छु । जितको श्रेय खेलाडीलाई दिन्छु । ’ राष्ट्रिय टोलीको प्रशिक्षणको जिम्मेवारी पाउनु आफ्ना लागि पुरस्कार भएको पनि कटुवालले बताए ।

पाकिस्तानविरुद्ध गोल गर्दै जित दिलाउँदै म्यान अफ दी म्याच बनेका अन्जनले विष्टले भने, ‘यो अन्त्य होइन । अझै धैरै गर्न बाँकी नै छ । यो गोल सबै समर्थकलाई समर्णपन गर्न चाहन्छु । जित्नको लागि खेल्छु । तर उच्च स्कोर बनाउछु भनेर खेल्दिन । यदी त्यसरी खेले म अड्किन्छु होला ।’ राष्ट्रिय टोलीबाट अन्जनको गोलसंख्या ११ पुगेको छ ।

पाकिस्तानका मुख्य प्रशिक्षक शाहजाद अनवारले नेपालले राम्रो खेलेको भन्दै आफ्नो टिमको प्रदर्शनमा पनि सन्तुष्ट रहेको बताए । उनले भने, ‘नेपालले राम्रो खेल्यो, बधाई दिन चाहन्छु । म मेरो खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु । हाम्रो लागि जित भन्दा पनि लामो समयपछि अन्तर्राष्ट्रिय फुटबल खेल खेल्नु ठूलो थियो ।’

February 8, 2025

एपिएफ ‘बी’ र ग्रिन भिलेजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]

February 8, 2025

प्लानिङ ब्वाइज फाइनलमा

हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]

February 8, 2025

पुलिस आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली‌ मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]

Success

Thank you for your time.