default_image

2 years ago

November 16, 2022

राष्ट्रिय टोलीले प्रिजेनको शीघ्र स्वास्थ्य लाभको कामना गर्यो

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानविरुद्ध बुधबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल अघि नेपाली राष्ट्रिय फुटबल टोलीले उपचार गराइरहेका प्रिजेन तामाङको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

उमेर समूहको च्याम्पियन टोलीको सदस्य रहेका प्रिजेन ब्लड क्यान्सको उपचार गराइरहेका छन् । पाकिस्तानसँगको खेल सुरु हुनुअघि राष्ट्रिय टोलीले गेट वेल सुन प्रिजन लेखिएको जर्सी प्रदर्शन गरेको थियो । प्रिजेनको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मात्र प्रिजेनलाई उपचारका लागि ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । एन्फा खेलाडी संघले सोमबार एन्फालाई प्रिजेनको उपचारमा सहयोग गर्न आग्रह गदै निवेदन दिएको थियो । एन्फा एकेडेमीका उत्पादन प्रिजेन तीन वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र यु १८ साफ च्याम्पियनसिपको च्याम्पियन टोलीका सदस्य हुन् ।

आश लाग्दा युवा खेलाडीले त्रिभुवन आर्मी फुटबल क्लबबाट ललित स्मृति यू १८ च्याम्पियनसिप जितेका थिए । फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका प्रिजेन नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सका सदस्य थिए ।

सन् २०१८ को साफ च्याम्पियनसिपपछिको पहिलो भेटमा नेपाली टोलीले पाकिस्तानलाई १–० ले हराएको थियो । अन्जन विष्टको गोलमा नेपाल विजयी भएको थियो । ८३औं मिनेटमा अन्जनले सुनिल बलको क्रस पासलाई सदुपयोग गरेका हुन् । उनको यो ११औं अन्तर्राष्ट्रिय गोल हो । गत महिना नेपाली टोलीले मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–० ले हराउँदा अन्जनले ह्याट्रिक गरेका थिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.