default_image

2 years ago

November 17, 2022

इटालीको पूनरागमन जित

111 views

0 Bookmark

एजेन्सी – यसपल्टको विश्वकपमा छनोट हुन असफल भएको इटालीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पूनरागमन जित निकालेको छ ।

इटालीले अल्वानियामाथि ३–१ को पूनरागमन जित निकालेको हो । इटालीको जितमा भिन्सेन्जो ग्रिफोले दुई तथा जियोभानी डि लोरेन्जोले एक गोल फर्काए । अल्वानियाका एड्रियन इस्माजिलीको गोल सान्त्वना बन्यो ।

अल्वानियामा बुधबार राति भएको खेलको १६औं मिनेटमा इटाली पछि परेको थियो । एड्रियन इस्माजिलीले निडिम वजरामीको पासमा गोल गर्न सफल भएका थिए ।

अल्वानियाको त्यो अग्रता लामो समय टिकेन । २०औं मिनेटमा जियोभानी डि लोरेन्जोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले भिन्सेन्जो ग्रिफोको पासमा गोल गर्न सफल भएका थिए ।

२५औं मिनेटमा भिन्सेन्जो ग्रिफोले नियाकोमो रास्पडोरीको पासमा गोल गर्दै इटालीलाई २–१ को अग्रता दिलाए । त्यसपछि ६४औं मिनेटमा भिन्सेन्जो ग्रिफोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै इटालीको जित पक्का गराए ।

यस्तै विश्वकप अघिको अन्तिम अभ्यास खेलमा स्वीडेनले मेक्सिकोलाई २–१ ले पराजित गरेको छ । स्वीडेनको जितमा मार्कुस रोडेन र म्याटिएस भानवर्गले गोल गरे । मेक्सिकोका अर्नेस्टो भेगाले एक गोल फर्काए ।

विश्वकपमा मेक्सिको समूह ‘सी’ मा रहेको छ । मेक्सिकोले पोल्यान्ड, अर्जेन्टिना र साउदी अरेबियासँग खेल्नेछ । स्वीडेन भने विश्वकपमा छनोट हुन नसकेको टोली हो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.