2 years ago
November 19, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को तयारीस्वरुप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले इजिप्टसँग हार बेहोरेको छ । बेल्जियम २–१ ले पराजित भएको हो ।
कुवेतमा शुक्रबार राति भएको खेलमा इजिप्टको जितमा मोस्तफा मोहमेद र ट्रेजग्वेटले गोल गरे । बेल्जियमका आइकोमा लुइस ओपेन्डाले एक गोल फर्काए ।
खेलको ३४औं मिनेटमा मोस्तफाको गोलबाट इजिप्टले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ४६औं मिनेटमा ट्रेजग्वेटले गोल गर्दै इजिप्टको अग्रता दोब्बर पारे । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए ।
७६औं मिनेटमा परिवर्तिन खेलाडी ओपेन्डाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । मिचे बात्सुयाईको स्थानका ४६औं मिनेटमा मैदान ओपेन्डाले यान्निक कारास्कोको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बेल्जियम पराजित हुन पुग्यो ।
विश्वकप अघिको यस हारले बेल्जियमलाई धक्का लागेको छ । समूह ‘एफ’ मा रहेको बेल्जियमले २३ नोभेम्वरमा क्यानडा, २७ नोभेम्वरमा मोरोक्को र १ डिसेम्वरमा क्रोएसियासँग खेल्ने तालिका छ । इजिप्ट भने विश्वकपमा छनोट हुन असफल राष्ट्र हो ।
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]
January 24, 2025
एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]
January 24, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]